धरान  / राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । मंगलवार कार्यालय खुल्दा आयोगमै कार्यरत स्टोरकिपर बच्चुराम केसी मृत भेटिएका हुन । विहान कार्यालय खोल्दा उनीमाथिल्लो तलामा मृत भेटिएका थिए । विहान उपस्थित कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनी विष सेवन गरेको हुन सक्ने प्रारम्भीक अनुमान गरेको छ । ५० बर्षीय केशीको शव पोष्टमार्टमका लागी टिचिङ हस्पिटल लगिएको छ ।
सिंहदरवारस्थित प्रहरी टोली र अपराध अनुसन्धानको टोली घट्नाबारे अनुसन्धान थालेको छ ।
महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले घटना बारे सीसीटीभीबाट अध्ययन भइरहेको बताए ।