श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ३ गते मङ्गलबार, २० अगष्ट २०१९ । भाद्र कृष्णपक्षको पञ्चमी तिथि २३ः२२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रेवती २०ः१४, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ५ः३७ र सूर्यास्त ६ः३६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बोलीको प्रभावले अरूको मन जित्न सफल भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो दूरीको लाभदायी यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा विशेष प्रगति होला । भाग्यले विभिन्न अवसर जुटाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । कार्य– व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । नयाँ ज्ञान सिक्ने अवसर मिल्ला । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ कार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमाा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । आ“टे ताकेको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तसित रमाइलो भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।