चितवन / जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको केही क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेर कडाई गरेको छ । रबि लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गरेर केही स्थानहरुलाई निषेधित घोषणा गरेको हो ।

चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रविलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा अराजक भीड हुन थाले पछि प्रशासनले स्थानीय राजनीतिक दल नागरिक समाजसँग परामर्श गरेर जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको हो ।

पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको छ। उनीहरु विरुद्ध पुडसैैनिका श्रमतिले किटानी जाहेरीसमेत दिइसकेकिछन् ।