अभिनेत्री श्रद्धा कपुरको बलिउडमा प्रवेश भएको केही वर्ष भयो । तर उनले छोटो समयमै राम्रो प्रगति गरिरहेकी छन् ।

यो वर्ष ३ फिल्ममा देखिँदैछिन् उनी । त्यसैले पनि उनको व्यस्तता बढेको छ । श्रद्धा अभिनित फिल्म ‘साहो’ अगष्ट ३० तारिखबाट रिलिज हुँदैछ । तर यो फिल्म रिलिजअघि नै चर्चाको विषय बनिरहेको छ ।

श्रद्धाले अभिनय गरेको फिल्म ‘चिचोरे’ सेप्टेम्बर ६ तारिखबाट रिलिज हुँदैछ । एक साता अघिपछि रिलिज हुने दुई फिल्मका लागि उनको व्यस्तता झनै बढेको छ ।

उनले भारतीय मिडियासँग आफू यो वर्ष तीन फिल्मको छायाङ्कनका क्रममा विश्वका विभिन्न ठाउँ पुगेको र यही वर्ष एक साताको अन्तरमा आफ्ना दुई फिल्म सार्वजनिक भएकोमा खुशी र उत्साहित रहेको बताएकी छन् ।

फिल्म ‘स्त्री’ बाट करिअरलाई सम्हालेकी श्रद्धा यो वर्ष रिलिज हुने ३ फिल्मबाट दर्शकको मन जित्ने आशामा छिन् ।