नेपाली फिल्म क्षेत्रमा नेगेटिभ रोलमा काम गर्ने महिलाको सङ्ख्या कम छ । महिला खलनायिका कम रहेको फिल्म क्षेत्रमा यतिबेला सृजना रेग्मीको चर्चा छ ।

फिल्म ‘जाइरा’ मा नेगेटिभ रोल गरेकी नवअभिनेत्री सृजनालाई अहिले ‘बुलेट भिलेन’ का रूपमा चिन्न थालिएको छ । भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ मा सृजना ‘बुलेट’ को भूमिकामा छिन् ।

फिल्मको ट्रेलरको एक दृश्यमा उनको बाइक स्टण्ट पनि गरेकी छन् । फिल्म रिलिजअगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रूपमा हेर्न थालिएको छ । उनी पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । फिल्ममा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाइ छ ।

फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्ममा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ । पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । एक महिलाले लिने प्रतिशोधको कथामा फिल्म निर्माण गरिएको बताइएको छ ।