श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २ गते सोमबार, १९ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको चतुर्थी तिथि २३ः२२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्रपदा १८ः०३, उप्रान्त रेवती । चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रोखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काममा मन जानेछ । रमाइलोमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । परिवारमा खुशीयाली छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । सानो कामबाट ठूलै उपलब्धि मिल्ला । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा रुचि बढ्नेछ । धनआर्जनका मार्ग प्रशस्त खुल्नेछन् । फलदायी यात्रा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवपूर्ण कामको शुभारम्भ हुनेछ । नाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला । शरीर अस्वस्थ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । मन प्रसन्न रहला ।