धरान / नेपाल खानेपानी संस्थानको धरान शाखा धरान खानेपानी व्यवस्थापन बोर्डमा समाहित गर्न एक बर्षअघि नै सरकारको मन्त्री परिषदले निर्णय गरिसकेकाले संस्थानका कर्मचारी नआए बोर्डले कर्मचारी नियमावली अनुसार नया“ कर्मचारी नियुक्त गर्ने धरान उपमहानगरपालिकाले जनाएको छ । बोर्डमा संस्थानको सम्पती र दायित्व हस्तान्तरण ढिलाइसंगै कर्मचारीहरु बोर्डमा आउन आनाकानी गरेपछि आइतबार पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकाले यस्तो चेतावनी दिएको हो ।
लोकसेवा आयोगले समेत बोर्डले तयार पारेको कर्मचारी नियमावलीलाई स्वीकृत गरिसकेकाले धरानमा संचालित खानेपानी आयोजना अप्रेट गर्न उपमहानगरपालिकाले कर्मचारी समायोजनकालागि चारदिन अघि संस्थानको धरान शाखालाई पत्र पठाएको थियो । हालसम्म कुनै जवाफ नआएकाले संस्थानको कर्मचारी बोर्डमा नआए नया“ कर्मचारी नियक्त प्रक्रिया सूरु गर्ने बोर्डका अध्यक्ष समेत रहेका उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले बताइन् । उनले भनिन्, ‘सन २०१२ मा एसियाली विकास बंैक, नेपाल सरकार, एकिकृत सहरी विकास आयोजना र धरान नगरपालिकावीच सम्झौता भएको थियो । आयोजना सम्पन्न गर्ने अवधि सन २०१९ डिसेम्बर ३१ सम्म छ । त्यसपछि नौमहिनासम्म ठेकेदार कम्पनी तियान्जीन तुदी जेभिले अप्रेट गरेर सफल भए नभएको देखाउनु बांकी छ । यसवीच पनि संस्थानका कर्मचारीहरु बोर्डमा आएनन् भने नया“ कर्मचारी नियुक्त गर्ने छौं ।’
धरान खानेपानी व्यबस्थापन बोर्डमा आयोजना संचालन गर्न, प्लम्बर, लेखा, प्रशासनिक, मिटर रिडर, इलेक्ट्रीकल, मेकानिकल, इन्जिनियर र आयोजना प्रमुख गरी करिव ९० जनाको दरबन्दी रहेको आयोजना प्रमुख इन्जिनियर राजु पोखरेलले बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘आयोजनाले आफ्ना सिस्टममध्ये रेल्वे सिस्टम सफलताकासाथ सम्पन्न गरेर तीनहजार धारामा पानी वितरण गरिरहेको छ । पिण्डेश्वर सिस्टमबाट पानी वितरण सुरु गरेको छ । विजयपुर सिस्टम विवादमा आएकाले वैकल्पिक उपाय हुदैछ । फुश्रे र सुम्निमा सिस्टममा आइतबारमात्र सर्दु–खर्दु जलाधारको सतहको पानी ल्याएर शुद्धिकरण गर्ने ¥यापिड स्याण्ड फिल्टर पछि वितरण गर्ने तयारीमा छौं ।’
उनले आयोजनाले अझै ३१ स्थानमा कनेक्सन र ३ किलोमिटर वितरण पाइपलाइन विस्तार गर्नेकाम भएरहेको उल्लेख गर्दै संस्थानको सम्पती र दायित्व धरान खानेपानी व्यबस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बांकि रहेको बताए । उनले भने, ‘आयोजनाकालागि प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर ३ मिटर विच्छयाएको र वितरण पाइपलाइन ४ सय १५ किलो मिटर ५९ मिटर विस्तार गरिसकेका छौं ।’ उनका अनुसार आयोजनाको भौतिक र वित्तिय खर्चमा १ अर्व ६५ करोड ३ लाख बराबारको कुल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तिय प्रगति ९२ दशमलव ९५ प्रतिशत पुरा भएको छ ।
संस्थानको सम्पती र दायित्व धरान खानेपानी व्यबस्थापन बोर्डमा हस्तान्तर गर्ने शर्तमा एसियाली विकास बैंकले एकिकृत शहरी विकास परियोजना अन्तर्गतको धरानमा खानेपानी आयोजनाकालागि सन २०१२ मा २२ दशमलव ७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान दिएको थियो । उनले संस्थान र एकिकृत शहरी विकास आयोजना सरकारकै भएकाले दुवै संस्था एकै ठाउ समायोजन भएपछि मात्र आयोजना सफल हुने बताए ।