पथरी /  मोरङको कानेपोखरी–७, बरगाछीमा रहेकोे जनमुखी बचत तथा ऋण सहकारी संस्थाको झ्याल फुटाई ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ ।
संस्थाको पूर्वपटीको झ्यालको पल्ला र ग्रिल उक्काएर भित्र पसि सेभ फुटाएर सो बाराबरको रकम चोरी गरेको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोडफोड भएको देखेपछि चोरी भएको अरुलाई खवर गरेका थिए । शिवाकोटी हिसावको लागी विहानै संस्था आएका थिए ।
चोरको समूहले रकम मात्र लगेनन् उनिहरुले तार काटेर सिसि क्यामेराको हार्डडिक्स पनि लगेका थिए । चोरले झ्यालबाट छिरेर पहिलो पटक सिसि क्यामेराको तार काटको भेटिएको छ । त्यस पछि बाकस भित्र राखिएको सेभ झिकेर चाबी लगाउने ठाउँबाट फोरेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर रामबहादुर ढकालले बताए । कार्यालयको भित्रको सामान त्यति छरिएको अवस्थामा थिएनन् ।
इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहाननै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको छ । शनिबार बेलुका १२ बजेदेखि आइतबार विहान २ बजे सम्म चोरी भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । बचतको कार्यालय पछाडी फर्निचर र होटल पनि संचालनमा छ । आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारीको लागी संस्था संचालक समितिको केही पदाधिकारीहरु शनिबार पनि रातको १० बजे सम्म बसेका संस्थाको उपाध्यक्ष हरी कोइरालाले बताए ।