अभिनेत्री केकी अधिकारीलाई शुरुका दिनमा धेरैले सम्भावना बोकेकी अभिनेत्रीका रूपमा लिन्थे । तर पछिल्लो समय केहीले काम गरेका फिल्महरू आएको र गएको पत्तो हुन छाडेको छ ।
केही समयअघि केकी अभिनित फिल्म ‘रातो गलबन्दी’ रिलिज भयो तर धेरै दर्शकले फिल्म आएको थाहै पाएनन् ।

अघिल्लो वर्ष आफैले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्स्प्रेस’ सुपर फ्लप भएपछि केहीलाई यो क्षेत्रमा असफलता थपिने क्रम बढेको छ । यसपछि अलि आशालाग्दो फिल्म ‘छ माया छपक्कै’ आउने तयारीमा छ । त्यसमा पनि केकीले कतिको सफलता पाउने हुन् यसै भन्न सकिने अवस्था छैन ।

फिल्ममा फ्लप हुँदै गएकी केकीले पछिल्लो समय रियालिटी शो कमेडी च्याम्पियन आयोजना गर्दैछिन् । त्यस्तै युट्युव च्यानल खोल्दै छिन् । कहिले तीज गीतमा मोडलिङ गर्छिन् त कहिले फिल्म निर्देशन गर्ने चर्चा चल्छ । टेलिसिरियलबाट फिल्म क्षेत्रमा आएकी केकीले छोटो समयमा धेरै कुरा गरिन् तर सफलता भने कमाउन सकेकी छैनन् ।