आजकाे राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.संं. २०७६ साल श्रावण ३२ गते शनिबार, १७ अगष्ट २०१९ । भाद्र कृष्णपक्षकाे द्वितीया तिथि २०ः२१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र शतभिषा १२ः५९, उप्रान्त   उपा्रन्त  पूर्वभाद्रपदा ।  चन्द्रमाराशि कुम्भ, सूर्याेदय ५ः३५ र सूर्यास्त ६ः३९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढवुा तथा स्थानान्तरण हनुछे । वैदेशिक यात्रामा सरिक भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय सामान्यखालको छ । अरूको काममा बढी समय दिनुपर्ला । अनावश्यक कामको झन्झट आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । कार्य व्यवसायमा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन लाग्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नया“ कामको शुभारम्भ हुनेछ । पारिवारिक सहयोग प्राप्त भइरहला ।

वृिश्चक (ताे, ना, नि, नु, ने, नाे, या, यि, यु) समय सामान्यखालकाे  छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समय उत्तमखालको छ । मनका इच्छा आकांक्षाहरू पूर्ण हुनेछन् । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

मकर (भाे, ज, जि, खि, खु, खे, खाे, गा, गि) अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । लाभदायी यात्रामा सरिक भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गा–जग्गा तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।