देउराली ।  सिद्दी नेवा परिसद धरानको आयोजनामा धरानमा  गाइजात्रा मनाइएको छ  ।

नेवार सुदायले दिवाङ्गत आफन्तहरुको सम्झनामा भाद्र कृष्ण पक्षको प्रतिपदा तिथिका मनाइने गाइजात्रा धरानमा सिद्धी नेवा परिसदको आयोजनामा मनाएको छ ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तहरुको सम्झनामा परीवारले गाई, जोगी, लाखे, तथा राधा कृष्ण जस्तै सिँगारीएर आफ्नो क्षेत्रको परीक्रमण गरी मनाइने यो जात्रामा यसपटक धरानमा ३५  दिवंगत आफन्तका सम्झनामा ३५ परीवारले सहभागीता जनाएको गाइजात्रा व्यावस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए । 

धरान ५ स्थित परीरदबाट सुरूभएको जात्रा भानुचौक, छाताचौक,  पुराने बजार, देशीलाइन हुदै  पुन: भानुचौक आई परिसदको कार्यालयमा आएर समापन हुने श्रेष्ठले बताए ।

प्रताप मल्लका छोराको मृत्युपछि पुत्र शोकले विच्छिप्त भएकी रानीलाई आफूमात्र शोकमा  नडुबेको, धेरै मानिसहरूले कोहिन कोहि आफन्त गुमाइरहेका छन् भनेर सान्तवना दिन मानाइएको भनिएको यो जात्रा विशेष गरी पितृ उद्दारकालागी गरीने गरेको श्रेष्ठको भनाई छ ।

उनका अनसुार जात्रा पूर्व परिवारमा कसैको  मृत्यु भएको एक वर्ष नपुगेका अवस्थामा पितृको विधिपूर्वक पुजा आरधना गरेर, घरका सदस्यहरूले गाइ, जोगी, लाखे, तथा राधा कृष्णको रूपमा सिँगारीएर जात्रामा निस्कने चलन रहेको छ । 

जात्रा अवधिमा परिवारमा सदस्य मध्ये कसैको मृत्यु भएको एक वर्षा भन्दा ज्यादा भएमा त्यस्ता परीवारले ति मृत आफन्तको सम्झना सवरूप जात्रामा गाइ, जोगी तथा राधा कृष्ण बनेर  निस्कीएकाहरूलाई फलफुल, पानी तथा जुस दिनेगरेको श्रेष्ठले बताए । 

 सिघारीदा प्रयोग गरेको गाइको आकार भएको  बस्तुलाइ आफुलाइ पायक पर्ने कुनै मन्दीरमा लगेर विसर्जन गरेपछि जात्रा समापन हुने गर्द छ । 

gaijatra 1 gaijatra0 gaijatra1 gaijatra4 gaijatra3 gaijatra2 gaijatra5 gaijatra6 gaijatra8 gaijatra9 gaijatra10 gaijatra12 gaijatra11 gaijatra7