धरान / सहकारीको करोडौ रकम सुनमा लगानी गरी लगानी डुबाएर फरार रहेका  धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विक पक्राउ परेका छन् ।

गत असार २३ गते देखि फरार रहेका विकलाई बुटवल उपमहानगरपालिकाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । विशेष सुराकीको आधारमा विशेष प्रहरी टोली खटाएर सोमबार राती पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिए । उनी बुटवलको एउटा सटर कोठा भाडामा लिएर लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । बुधबार राती १ बजे विकलाई धरान ल्याइएको छ । 

विक फरार भए लगतै इलाका प्रहरी कार्यालय धरानमा ८५ जना पीडितले करिब ६ करोड ३ लाख रुपैयाँ माग दाबीसहित उजुरी दिएका थिए । सहकारीका प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी विकलाई यस अघि नै प्रहरीले पक्राउ गरेको थियो । दर्नाल छोरा र कमला उनीकी साली हुन । लेखापाल कृष्ण विकलाई भेट्न जानेक्रममा पक्राउ परेकी थिइन ।

पक्राउ परेका अध्यक्ष  विकलाइ राजनैतिक संरक्षणका कारण अाफूहरू पिडित भएकाे पिडितकाे भनाइ छ ।