इटहरी पछिल्लो समय डेंगुको महामारी फैलिएको भन्दै सुन्दरहरैचा नगरपालिकाले आफ्नो नगरबासीलाई १५ हजार नगद दिने भएको छ । डेंगु विरामीलाई उपचार गर्ने सहज होस भनेर नगरबासीलाई १५ हजार दिने निर्णय गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका विरामीलाई उपचारमा समस्या हुने भन्दै सुन्दरहरैचा नगरपालिकाले १५ हजार विरामीलाई दिने निर्णय गरेको मेयर शिव ढकालले बताए । ढकालले भने –‘आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा समस्या नहोस भनेर १५ हजार दिने निर्णय गरेका हौ ।’ –उनले भने ।
धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थाले पछि यस्तो निर्णय गरेको सुन्दरहरैचा नगरपालिकाले जनाएको छ । सुन्दरहरैचा वडा नम्बर ५ का वडा अध्यक्ष राम रिजालले नगरपालिकाले गरेको निर्णयले सर्वसाधरणलाई धेरै सहज भएको बताए । विपन्न परिवारको लागि यो निर्णय अत्यन्तै राम्रो भएको उनी बताउँछन ।