दमक/ झापामा कतिवटा पानी उद्योग छन् भन्ने कुराको यकीन तथ्याङ्क सम्बन्धित निकाय सँग छैन । कुनै प्रालिअन्तर्गत कम्पनीको रजिस्टार कार्यालयमा दर्ता भएका छन् भने कुनै घरेलु तथा साना उद्योगमा दर्ता भएर सञ्चालन भएका छन् ।

यद्यपि झापामा रहेका पानी उद्योगमा कुनै पनि बेला अनुगमन गर्ने जिम्मा पाएको निकायले अनुगमन गर्यो भने अधिकांश कम्पनीले विभिन्न कारणले चेतावनी पत्र पाउँछन् । कतिपय त बन्द नै गर्ने सम्मको अवस्थामा पुग्छन् । कारण एउटै हो ती कम्पनीहज्ञले ‘खाद्य ऐन २०२३ अनुसार बनेको नियमावली २०२७ को नियम ३३ को (क) आधारमा ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ अनुसार चलेका छैनन् ।

ती उद्योगहरू कम लगानीमा बढी मुनाफा कमाउने सोचले मात्र स्थापना भएका छन् । हरेक पटकको अनुगमनमा कि त बन्द हुन्छन् कि त चेतावनी पत्र पाउँछन् । पैसा तिरेर पानी पिउने उपभोक्ताहरूमा ती व्यवसयीको निर्ममता झापामा मात्र होइन, देशैभरिका अधिकांश ठाउँमा छ । यही परिवेश देखेर झापाको दमक निवासी भविन्द्र भण्डारीले ९ करोड रुपैयाँ लगानी गरेर अत्याधुनिक पानी उद्योग खोलेका छन् । झापाको कमल गाउँपालिका वडा नं ६ (पाडाजुँगी गौरादह मार्ग) मा उनले अत्याधुनिक पानी कम्पनी खोलेका छन् ।

उनको उद्योगमा पानी उत्पादन हुने बेलादेिी प्याकीङ भएर बाहिर लोरीमा हाल्ने बेला सम्म कामदारले प्रत्यक्ष छुदैनन् । उनको उद्योगमा उत्पादन हुने पानीको सबै प्रक्रिया अटोमेटिक छ । जर्मन प्रविधिमा आधारित विभिन्न उपकरणहरू लगाइएको छ । जसले पानीको बोतल, बिर्को, लेवल, पानी भर्ने, बोतल पखाल्ने, पानीको बोतल र्यापीङ गरेर प्याक गर्ने सम्म सबै काम मेसिनले मात्र गर्छ ।

उनको उद्योगमा यी काम कुनै पनि कामदारले गर्दैनन् । सबै काम मेसिनले मात्र गर्छ । यद्यपि काम मेसिनले गरे पनि यहाँ ४० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी चाहिँ पाएका छन् । ती स्वचालित मेसिन त हुन् तर ती मेसिन प्राविधिक बिना चल्दैनन् । त्यसैले त्यहाँ ४० जनाभन्दा बढी महिला तथा पूरुषहरूले राम्रो पारिश्रमिकसहितको काम समेत पाएका छन् ।

‘पैसा तिरेपछि उपभोक्ताले न्यूनतम शुद्ध पानी त पिउन पाउनुप¥यो नि’ सञ्चालक भण्डारीले भने ‘तर अहिले झापाका उद्योगहरूबाट उत्पादित पानीमा यसको जवाफ सायदै छैन ।’ पानीमा गरेको बेइमानी अत्यधिक देखेर यो क्षेत्रमा लगानी गरेको हुँ । उनले भने ‘हामी उपभोक्ताले शुद्ध पानी पिउने अधिकारको सुनिश्चित गर्छौँ ।’ दैनिक ३ हजार पकर्टन अर्थात् ३६ हजार बोतल पानी उत्पादन गर्ने क्षमता भण्डारीको पानी उद्योग इष्टर्न फूड एण्ड वेभरेज प्रालिसँग छ । अहिले औसत दैनिक १५ सयमात्र पानी उत्पादन भइरहेको छ । यो पहिलो वर्ष भएकाले पानीको बजार उति धेरै भइनसकेको भण्डारीको भनाइ छ ।

‘सस्तो मूल्यमा हामी गुणस्तरीय पानी उपभोक्तालाई दिने कम्पनीका जीएम टिडी जोशीले बताए । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गरेपछि पहिलो पटक प्रदेश नम्बर १ मा जर्मन टेक्नोलोजीको उद्योग सञ्चालनमा ल्याइएको जोशीले बताए । जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को (क) बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’को अक्षरशः पालना गरिएको उनको दाबी छ ।

paniko-foto-haru--(4)