रङ्गेली / प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको प्रयोगशालालाई विराटनगर भन्सार कार्यालयले मान्यता नपाएको भन्दै भारतबाट आउने तरकारीको विषदी परीक्षण गराउन झापा पठाउने गरेको छ ।

प्रदेश सरकारले एक महिना अघि आयातित र स्थानिय बजरामा उपलब्ध तरकारीमा विषदीको मात्रा परीक्षण गर्न विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थानपाना गरेको थियो । प्रयोगशालालाई संघीय सरकारबाट आधिकारीकता भएको पत्र नआएकोले परीक्षणको लागी झापा पठाउने गरेको छ ।
उक्त प्रयोगशालामा सुनसरीको भान्टाबारी भन्सार कार्यालबाट आयता हुने तरकारी भने प्रदेश सरकारको प्रयोगशालामा परीक्षण गराउदै आएको छ । प्रयोगशालामा सुनसरीको भन्टाबारी भन्सार कार्यालयबाट आउने तरकारी र स्थानीय बजारको तरकारी परीक्षण गर्ने गरेको प्रयोगशालाका प्राविधिक साहयक घनश्याम बरालले बताए ।