धरान/ वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ गीत ‘छोरी’ को भिडियो सार्वजनिक भएको छ ।

मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । मिलनको एकल शब्द र उमेशको एकल सङ्गीत रहेको एल्बम् ‘छोरी’ को शीर्ष गीतको भिडियो गोत्र इण्टरटेन्मेण्टले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा क्याप्टेन विजय लामा, बेनिसा हमाल र मैसा पुन थापाले अभिनय गरेका छन् । भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाङ्कन र विकास दाहालले सम्पादन गरेका हुन् ।

गीतकार मिलनले लामो समयदेखि सङ्गीतकर्ममा लागेका उमेशसँगको सहकार्यमा लगातार चर्चित गायकका स्वरमा गीतहरू सार्वजनिक गरिरहेका छन् । उनीहरूको एल्बम् ‘छोरी’ मा वरिष्ठ गायक दीपसँगै अञ्जु पन्त, मेलिना राई, वानिका प्रधान, विश्व नेपाली, नवीन रनपाललगायतको स्वर रहेको छ ।