भद्रपुर/ लागूऔषधको मुद्दामा फरार रहेका एक अभियुक्त २६ वर्षपछि प्रहरीको फन्दामा परेका छन् ।

झापा मेचीनगर नगरपालिका २ काँकडभिट्टाका ५४ बर्षीय टङ्क खनाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतबाट ०५४ मङ्सिर २९ गते खनाललाइ १ बर्ष सजाय तोकेर फैसला भएको थियो । खनाललाइ मङ्गलबार प्रहरीले समातेर झापा कारागार चलान गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।