इटहरी/ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृत कुलमान घिसिङले देश लोडसेडिङ मुक्त बनाए । तर यो कुरा मोरङका उत्तरी भेगका सुन्दरहरंैचा नगरपालिकाका बासिन्दालाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका केही वडाका स्थानीयहरूले दैनिक सास्ती बेर्होनु परेको छ । साविक दुलारीको ३,४,५,६,७ नम्बर वडामा विद्युत्को समस्या भएको भन्दै सर्वसाधरणहरूले विद्युत् कार्यलय घेराउ समेत गरेका छन् । निर्वाचित जनप्रतिनिधिहरू सहित ज्ञापनपत्र बुझाउन ग्रामीण विद्युत् सहकारी संस्था गछिया पुगेका स्थानीय र प्रहरी बीच घम्साघम्सी समेत हुनपुगेको छ ।

विद्युत् अनियमित र लो भोल्टेज हुँदा सुन्दरहरैंचा क्षेत्रमा उपभोक्ता हैरानी खेप्न बाध्य छन् । केहीदिनदेखि बढेको गर्मीसँगै विद्युत् आपूर्तिमा पनि समस्या हुँदा उपभोक्तालाई हैरानी परेको हो । विद्युत्मा आउने लो भोल्टेजको कारण विद्युत् उपकरणमा समेत समस्या भएको छ । छिनछिनमा लाइन काटिने समस्यासँगै लो भोल्टेजका कारण मोबाइल सम्म चार्ज हुँदैन सुन्दरहरैंचा नगरपालिका वडानम्बर ५ का विष्णु पौडेल बताउँछन् ।

त्यस्तै लो भोल्टेजका कारण सञ्चार क्षेत्रमा प्रयोग हुने विद्युतीय सञ्चार उपकरण सञ्चालनमा समेत समस्या देखिएको छ । गर्मीमा मोबाइल चार्जदेखि पङ्खा समेत नचल्दा वर्षांैदेखि सुन्दर दुलारी क्षेत्रका सर्वसाधरण समस्यामा परेको स्थानीय दुरनी चौधरीले बताइन् । चियापसल गरेर जीविकोपार्जन गर्दै आएकी चौधरी भन्छिन्, ‘लाइन भएर के गर्नु पङ्खा चल्दैन, बिजोक छ बाबु ।’ दुलारी क्षेत्रमा हरेक वर्ष लो भोल्टेजको समस्या हुँदै आएको छ । यो समयमा गतवर्ष पनि विद्युत्मा समस्या आएको थियो । यस वर्ष पनि उही पुरानै समस्या दोहोरिएको स्थानीयले बताए ।

‘घरमा विद्युत् लाइन जोडेका छौँ, तर तार मात्रै झुण्ड्याएर के गर्ने बल्व बल्ने पनि पावर आउँदैन’ सुन्दरहरैंचा–५ का वडाअध्यक्ष राम रिजालले भने । गर्मीको समयमा अहिले ‘लो भोल्टेज’ र बिजुली नहुँदा व्यापार व्यवसाय गर्नेदेखि धेरै सर्वसाधरणहरू पीडित बनेको रिजालको भनाइ छ । सुन्दरहरैंचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले सुन्दरदुलारी बासीले गर्मीमा पीडा खेप्नु परेको बताए । लाइन नहँुदा दुलारी क्षेत्रमा बिजोक भइरहेको उनको भनाइ थियो ।

स्थानीयबासीहरू सँगै हामी पनि लाइन नहुँदा असाध्यै समस्यामा परेका छाँै श्रेष्ठले भने । विद्युत्कार्यलयको चरम लापरवाहीका कारण साविक सुन्दरदुलारी नगरपालिकाका सर्वसाधरणहरूको गर्मी मौसममा कन्तबिजोक भएको बताए । विद्युत् प्राधिकरण बेलबारीमा समेत ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो । यता ग्रामीण विद्युत् सहकारी संस्थाकाअध्यक्ष पुरण राईले लाइनमा लामो समयदेखि समस्या भएको बताए । ‘लाइन धिपिक–धिपिक गरेकै हो ।

हाम्रो हातमा केही हँुदैन’ उनले भने । साथीहरूले होहल्ला समेत गरेर हामीले सर्वसाधरणहरूलाई सम्झाए पनि उनीहरूले मुर्दावादको नारा लगाए राईले भने । यस विषयमा आफू गम्भीर भएको भन्दै चाँडै समस्याको सामधान खोज्ने उनको भनाइ थियो ।