खुट्टा कुहिएका विमारी भन्छन्– ‘म बाँच्न चाहन्छु’

alt
  • श्रावण २८, २०७६
  • २३१ पटक पढिएको
  • अनिल श्रेष्ठ

विराटनगर /  विराटनगरस्थित कोशी अस्पतालमा एक साता अघि आएका एक बेवारिसे युवाको उपचार हुन नसक्दा अस्पताल परिसर दुर्गन्धित बनेको छ ।
देब्रे खुट्टामा घाउ भएका ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा छन् । उपचारको लागि याचना गरेको एक साता वित्न लाग्दा पनि उनको उपचार हुन सकेको छैन ।
देब्रे खुट्टा कुहिएर झर्नै लाग्दा पनि उनको उपचार हुन सकेको छैन् । ‘म बाँच्न चाहन्छु, उपचार गराइदिनुहोस,’ उनले सहयोगको याचना गर्दै भने, ‘मेरो घर ओखलढुंगा हो, आफन्त कोही छैनन् ।’ भारतको हरियमणाबाट फर्कने क्रममा आफूलाई चोट लागेको उनले सुनाए ।
घुँडादेखि तलको भाग कुहिएको कारणले अस्पतालको आकस्मिक कक्ष वरपर दुर्गन्ध फैलिएको छ ।
दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि समस्यामा परेका छन् । अस्पताल भित्र पस्दा विरामी र सेवाग्राही नाक बन्द गरेर हिडडुल गर्नेपर्ने अवस्थामा आएको छ । दुर्गन्धका काराण उनका वरिपरि झिगाँ भन्किएको छ ।
बेबारिसे अवस्थामा आकस्मिक कक्षको प्रतिक्षालयमा बसेका लामो समय भए पनि ती युवाको प्रभावकारी उपचार हुन सकेको छैन । अस्पतालले उनको निःशुल्क उपचार सुरु गर्दै एन्टिबायोटिक औषधी पनि चलायो । तर घाउ ठिक हुनुको साटो उल्टै घुँडादेखि मुनीको भाग कुहिएको छ ।
घाउ निको नभए पछि उपचारमा संलग्न चिकित्सकले घुँडादेखि तलको भाग काटेर फ्याल्नुको विकल्प नभएको बताएका छन् । अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले औषधीले निको हुन नसके कारण संक्रमण रहेको घुँडादेखि तलको भाग तत्काल काट्नु पर्ने बताए । उनले जतिसक्दो चाँडो काटेर नफ्याले यसको संक्रमण शरीरका अन्य अंगमा पनि फैलने जानकारी दिए ।
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले उपचारमा समस्या भएका बेबारिसेको उपचारमा सम्बन्धित निकायले ध्यान नदिएको बताए । उनका अनुसार खुट्टा कुहिएर अस्पताल दुर्गन्धित हुनुका साथै झिँगा भन्किएको घाउ गन्हाएर वरपर गइसक्नु छैन् । तीन तहका सरकार र अनेक थरी सामाजिक नाम दिएर खुलेका संस्था आफ्नै स्वार्थमा केन्द्रीत हुँदा रोगले थलिएका र बेबारिसे बनेकाहरु उपचारविहीन भएर बस्नु परेको ढुँगेलको भनाइ छ ।
आफन्त र परिवारका सदस्य कोही पनि नभएका युवाको चिकित्सकले भने जस्तो उपचार गर्न समस्या भइरहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताए । ‘खुट्टा काट्नु अघि कानुनी प्रक्रिया पूरा गर्न बिरामी जिम्मा लिने कोही चाहिन्छ,’ उनले भने, ‘सबै कुरा अस्पतालले गरिदिन्छ भन्दा पनि जिम्मा लिने र कुरुवाका रुपमा बस्ने कोही भेटिएनन् ।’ उनले अहिले पनि संक्रमण रोकथामका लागि अस्पतालको सामाजिक सेवा ईकाईमार्फत औषधि उपचारलाई भने जारी राखिएको बताए । बुढाथोकीले कोही कसैको अंग काटेर फ्याल्नु पर्ने जस्तो कुरा भएकाले पनि जिम्मा लिने नभेटिएको हुन सक्ने बताए ।

मोरङ धनपालथानमा आगला

धरान । मोरङ धनपालथान गाउँपालिका–४ का मोहम्मद समीर

पूर्वाञ्चल सिङ्गिङ स

धरान । पूर्वाञ्चल सिङ्गिङ स्टार सातौं संस्करणको सेमिफाइ

वीपी प्रतिष्ठानमा यस

धरान / दक्षिण एसिया कै नाम चलेको उत्कृष्ट अस्पताल भनेर

स्वागत झरना इलामको न

बिर्तामोड/ इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved