धरान । धरानमा पूर्वाञ्चल स्तरीय फुटसल टुर्नामेन्ट हुने भएको छ ।

धरान–१३ को गार्डेन फुटसल क्लबले साउनको अन्तिम साता फुटसल प्रतियोगिता गर्ने भएको हो । क्लबको अध्यक्ष रवि राईले आफ्ना दिवंगत बुबा केपी राईको सम्झनामा फुटसल प्रतियोगिता गर्न लागेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिता विजेताले गनद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफीलगायत प्राप्त गर्नै छ । त्यस्तै तेस्रो हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता धरान–१५ स्थित बिग फुटछ फुटसलमा हुने भएको हो ।

खेलको म्यान अफ दी म्याचलाई नगद १ हजार रुपैयाँसहित बेस्ट प्लेयर, हाइ स्कोरर, उदयमान खेलाडी र बेस्ट किपरलाई जनही २५ सय रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष राईले बताए ।