धरान  / प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले संचलन गरेको ‘म अघि बढ्छु’ कार्यक्रममा विद्यार्थीहरुसँग अन्र्तक्रिया गर्न महाविर पुन धरान आएका छन् ।
विभिन्न विद्यालयका विद्याथीहरुसँग आज देश किन गरिव भयो ? देशमा कसरी समृद्धि भित्राउन सकिन्छ ? मुलुकको सम्वृद्धिका लागि हामी के गर्न सक्छौ भन्ने विषयमा उनले सहजिकरण गरिरहेका छन् ।
प्राकृतिक, सामाजिक र साँस्कृतिक जस्ता सवै कुराले नेपाल सम्पन्न भएपनि आर्थिक हिसावले नेपाल पछाडि परेको मुलुकलाई उकास्न विद्यायल स्तरदेखि जनचेतना आवश्यक भएको पुनले बताएका छन् ।
पुनले धरानस्थित पन्लिक मावि, एम्स एकेडेमी, युरेका मावि, विजयपुर मावि, डिपो मावि र तराहराको राष्ट्रिय मावि, इटहरकिो ब्लमिङ मावि, दुहवीको सरस्वति माविमा आज विद्यार्थीहरुसँग अन्र्तक्रिया रहेको कार्यक्रम संयोजक नवराज राईले जानकारी दिए ।
नेपालमा दिगो शान्ती, सुशासन, विकास र सम्बृद्धिको परिकल्पनाका साथ समतामुलक, समय समाज निर्माण गर्ने भन्ने नेपालको संविधानको प्रस्तावनामा भनिएको कुरालाई सार्थक बनाउन यस “म अघि बढ्छु” भन्ने कार्यक्रमले सहयोग पु¥याउने लक्ष्य लिएको छ । प्रदेशको सामाजिक तथा सास्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका ९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष सम्मका विद्यार्थीहरुलाई सक्षम, जिम्मेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृत, र लागु औषध दुव्यसनबाट मुक्त समतामूलक समाज निर्माण गर्न सहयोग पु¥याउने अभियान संचालन गरिएको राईले जानकारी गराएका थिए ।
‘म अघि बढ्छु’ भन्ने अभियानका लागि सगरमाथा टिन्स क्लव संचालन तथा व्यवस्थापन कार्यविधि २०७५ बनाइएको छ । अभियानलाई कार्यान्वयन गर्न प्रदश स्तरिय, जिल्ला स्तरिय, स्थानीय तह स्तरिय समन्वय तथा सहजीकरण समिति गठन गरिएको संयोजक राईले जानकारी दिए ।
प्रदेश नं. १ का स्कूलहरुमा कक्षा ९ देखि १२ सम्मा सगरमाथा टिन्स क्लव गठन गर्ने र उनीहरुमा मार्फत विद्यार्र्थीरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन गरी राष्ट्रका लागि आवश्यक पर्दा जुनसुकै बेला स्वयंसेवी बन्छु भन्ने भावना जागृत गराउने गरि प्रदेश १ मा ‘म अघि बढ्छु’ भन्ने कार्यक्रम संचालन भइरहेको छ । महाविर पुनले मोरङ्ग र सुनसरीका विभिन्न विद्यालयहरुमा पुगी विद्यार्थीहरु संघ अन्तरकृया गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका रवि खनालले जानकारी गराए ।