श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण २८ गते मङ्गलबार, १३ अगष्ट २०१९ । श्रावण शुक्लपक्षको त्रयोदशी तिथि १३ः४३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तराषाढा अहोरात्र । चन्द्रमाराशि धनु, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः४२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सयम सामान्यखालको छ । अरूको काममा बढी समय दिनुपर्ला । अशुभ समाचारले मन खिन्न बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउनेछ । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमामा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्नेछ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन, चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ  । रोजगारीका नयाँ अवसरहरू प्राप्त हुनेछन् । साथीभाइको विशेष सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।