पथरीशनिश्चरे / अत्याधिक गर्मी बढेर जनजीवन अस्तव्यस्त बनेपछि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरका विद्यालयहरुमा ३ दिनेको गर्मी विदा दिएको छ ।

गर प्रमुख दिलिपकुमार राईको अध्यक्षताको सोमबारको नगर कार्यपालिकाको बैठकले अत्याधिक गर्मीले विद्यार्थीमा पठनपाठनमा समस्या भएकाले मंगलबारदेखि ३ दिनसम्म नगरका सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन वन्द गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

बैठकले, नगरमा अति आवश्यक शितभण्डारका लागि जग्गा खोजविन गर्न ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ अध्यक्ष तथा ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भभण्डारी, कार्यपालिका सदस्य निर्मला गदाल सदस्य तथा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सदस्य सचिव रहेको समिति गठन गरेको छ ।

यसका साथै बैठकले, खोला ठेक्काको व्यवस्थित आइइइ गर्ने, १ नम्बरको पथरी बजारमा स्थापना गर्ने बधशालाको आइइइ तथा वडा कार्यालयहरुका इन्टनेट सहजता प्रदान गर्ने पनि निर्णय गरेको छ । बैठकमा नगरपालिका कार्यालयका लागि जग्गा खोजविन समितिको हालसम्मको कार्यप्रगतिको अवस्थामाथि समीक्षा गरिएको छ । पशुंपंक्षी सम्वन्धि कार्यविधि समेत बैठकले पारित गरेको छ ।