सुनसरी/ इटहरीमा रनर ब्राण्डका मोटरसाइकल तथा मेसिनरी सामानका पार्टस् पुर्जाको लागि नयाँ शो रुम स्थापना गरिएको छ । रमन कन्ट्रक्सन अन्तर्गत रहेका सिस्टर कम्पनीहरू रमन मोटर्स प्रा.लि.ले रनर ब्राण्डका मोटरसाइकलको बिक्री शुरु गरेको हो ।

रनर ब्राण्डका ८० देखि २०० सीसी सम्मका विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्ने गरी इटहरीमा शो रुम स्थापना गरिएको जनाइएको छ । उक्त शो रुममा सेल्स, सर्भिस, स्पेयर र सेफ्टी समेतको सुविधा रहेको कम्पनीका जनरल मेनेजर विनोद थापाले जनाए ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल र रमन मोटर्सका जनरल मेनेजर विनोद थापाले शो रुमको उद्घाटन गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले इटहरी र पूर्वाञ्चलकै मुख्य बजार भएकाले आर्थिक विकासमा कम्पनीको विस्तारले टेवा पुग्ने बताए ।

साथै रमन कन्ट्रक्सनकै अर्को सिस्टर कम्पनी रमन जनरल प्रालिले चीन तथा भारतमा निर्मित लिगग ब्राण्डको हेभी इक्युपमेन्ट पनि सोही भवनबाट बिक्री गर्ने जनाएको छ । विश्वका चारवटा देशमा २० वटा फ्याक्ट्रीबाट उत्पादित मेसिनको लागि इटहरीबाट सर्भिस तथा पाट्र्सहरूको सुविधा उपलब्ध गराउने थापाले जनाए । यस अघि विराटनगरमा उक्त ब्राण्डका मोटर साइकलहरू बिक्री हुँदै आएका थिए ।