पथरी / ‘जंगल झाँरफाड गरेर जोतभोग गर्दै आउने हामी, भूमाफियालाई कसरी हाम्रो जग्गाको धनि पुर्जा दिनु भो सरकार ? हामी बसेकोदेखि देखि कसरी पुर्जा अरुलाई पास गरीदिनु भो, हामी जनता होइन भने हामीलाई गोली ठोकिदेउ सरकार, तर हामी जग्गा छाड्ने छौनौँ ।’ यो भनाई होे, मोरङ पथरीशनिश्चरे नगरमा दोहोरो स्वामित्व भएको जग्गाको पीडित बृद्धा टिकाकुमारी खतिवडाको ।
आइतबार नगरक्षेत्र भित्रको सुकुम्बासीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा भेलालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका थिए । उनी मात्र होइन पदमप्रसाद दाहाललगाएतका वक्ताहरुको पनि एकै थियो बोली । सुकुम्बसी समस्या समाधान पथरीका कोषाध्यक्षले पनि ३५ साल देखि ढालफाड गरेर बसेको हामी सुकुम्बासीलाई छलकपट नगरी धनीपुर्जा दिनुपर्ने माग राखेका थिए । धनीपुर्जा प्राप्त गर्न जस्तोसुकै कदम चाल्न पनि सक्ने उनले बताए ।
ज्ञापन पत्र बुझाउने नेतृत्व सुकुम्बासी नेता तथा सुकुम्बसी समस्या समाधान संघर्ष समिति पथरीका संयोजक जरमान लिम्बु र मौसम परिवर्तन याक्थुम्बाले गरेको थियो । दुईसय भन्दा बढी सुकुम्बासीहरुले नारा लगाउँर्दै बजार परिक्रममा गरी नगरपालिकाको कार्यालयको प्राङ्गणमा कोणसभा गरी ज्ञापन पत्र बुझाएका थिए । मौसम परिवतन याक्थुम्बाले ज्ञापन पत्र पढेर संयोजक जरमान लिम्बुले नगरका मेयर दिलिपकुमार राईलाई बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्र्दै मेयर दिलिपकुमार राईले तीन बर्ष अघि सर्वोच्च अदालतले ३० परिवारको जग्गा पुर्जावालले भोगचलन गर्नुपाउनु पर्ने फैसेला गरेकोबताए । सर्वोच्च अदालतको फैसेला कार्यन्वय निर्देशालयले नगरपालिकामा ५ पटक सम्म कार्यन्वय गर्न निवेदन पठाई सकेको बताए । समिति मार्फत यो समस्याको हल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित भई कानून मन्त्रि भानुभक्त ढकालको सरकारले जोतभोगको आधारमा १० बर्ष पुगेकोलाई पुर्जा दिने हल्ला आइरहदा पथरीशनिश्चरे नगरमा दोहोरो स्वामित्व रहेको जग्गाको पुर्जावालहरुले शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । काठ्माडौंबाट अघिल्लो दिनै आएर बसेको पत्रकारहरुको टोली, इलाका प्रहरी कार्यालय पथरीको डिएपी लक्ष्मी अधिकारीको कमाण्डको कडा सुरक्षा विच पत्रकार सम्मेलनको तयारी भैरहदा पीडित सुकुम्बासीहरुले थाहा पाएपछि भेला भएर लखेटेका सुकुम्बसी समस्या समाधान संघर्ष समिति नेता मौसम परिवर्तन याक्थुम्वाले बताए ।
सहायक सिडियो सहित, पुर्जावाल डिल्ली प्रसाईको नेतृत्वमा ७ जना पुर्जावालको पहिलो चरणमा ३० घर उठाएर लखेट्ने योजना रहेको र उनीहरुले पत्रकार सम्मेलन गर्न पाएनन् । सुरु गर्न लाग्दा हामी त्यहाँ केरैछ भनेर जादा आफै भागेर गएको सुकुम्बासी नेता याक्थुम्बाले बताए । उता डिएस्पी लक्ष्मि अधिकारीले सो पत्रकार सम्मेनमा सहायक सिडियो, नगरको मेयर, उपमेयर कोही पनि नआएको र त्यहाँ सुरक्षाको लागी गएको बताउँर्दै पुर्जावालहरुले आफ्नो काम पुरा गरेको बताए ।
सुकुम्बासी समस्या समाधानको लागी पथरीशनिश्चरे नगरपालिकाले अहिले मेयर दिलिपकुमार राई संयोजक र उपमेयर यामुना बास्तोला सहसंयोजक रहेको तीन वटा समस्या सामाधान समिति वनेको छ । जग्गा धनिपुर्जा वालसंगको समिति, जोतभोग गर्ने सुकुम्बासीसंगको समिति र ८ वटा वडाध्यक्ष, पूर्व गाविस अध्यक्ष र बुद्धिजिविको समिति निर्माण गरी काम सुरु गरेको छ । समितिको आव्हानमा नगरपालिकामा दोहोरो स्वमित्व भएको सुकुम्बासी २६० जनाले नगरपालिकामा निवेदन दिसकेको उपमेयर यामुना बास्तोलाले बताइन ।