धरान / चलनचल्तीको भाउभन्दा बढी रकममा जग्गा खरीद गर्ने र पैसा नभएको चेक दिएर आफ्नो नाममा जग्गा दर्ता गरी ठगी गरेको आरोपमा सुनसरीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरीका चन्द्रकान्त काफ्ले र भगवती दाहाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । इटहरी ९ का ४३ बर्षीय बसन्त भन्ने चन्द्रकान्त काफ्ले र इटहरी ५ काी ३७ बर्षीया भगवती दाहाल विरुद्ध आफ्नो जग्गा ठगी गरेको भन्दै इटहरी ४ का ४० बर्षीय देवका सिटौलाले प्रहरीमा निवेदन दिए पछि उनीहरु पक्राउ परेका हुन ।

उनीहरुले जाल परिपन्च गरी इटहरी २(झ)को देवका सिटौलाको नाममा दर्ता रहेको कि।न।४९६३ को ०(०(१५ घुर जग्गा रु ९० लाखमा खरिद गर्ने भनि बिश्वास दिलाई झुक्याई रकम नभएको चेक दिई जग्गा आफ्नो नाममा दर्ता गराई ठगी गरेको उनीहरु माथि आरोप लागेको छ ।

जिल्ल प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयलका अनुसार गत २०७३ साल जेठमा देवका सिटौलाको नाममा रहेको ईटहरी वडा नं २रझ कि।न। ४९६३ को ०(१(१५।२५ घुर जग्गा ईटहरी ४ बस्ने लोक बहादुर भण्डारी र वडा नंं ९ बस्ने कमला कार्कीको नाममा धितोमा पास गरिएको थियो । उक्त जग्गा चन्द्रकान्त काफ्लेले ग्रान्ड डिजाइन गरी देवका सिटौला, लोक बहादुर भण्डारी र कमला कार्की समेतलाई गलफतमा पारी उक्त जग्गा चलन चल्तीको भाउ भन्दा बढी रकममा खरिद गर्छु भनी बैंकमा धितो राख्ने बिश्वास दिलाई १५ घुर जग्गाको मोलभन्दा बढी रकमको रु।९० लाखमा चन्द्रकान्त काफ्लेले आफ्नो नाममा राष्ट्रिय बाणिज्य बैक इटहरीमा रहेको खाताको २०७५ माघ १६ गते चेक काटी दिएका थिए । उक्त जग्गा निजको सम्पर्कमा रहेका बेलवारी ४ बस्ने बर्ष ४६ को खडानन्द दुलालको हुदै ईटहरी ५ बस्ने भगवती दाहालको नाममा पास गरी लिएको थियो ।
पिडित देवका सिटौलाले बैङ्कमा पैसा लिन जाँदा खातामा मौज्दात नभएको जानकारी गराइएको थियो । यस विषयमा काफ्लेलाई जानकारी गराउदा आलटाल गरि काफ्ले र भगवती दाहाल दुवैजना सम्पर्कविहिन भएका थिए । उजुरीको आधारमा प्रहरीले उदयपुरको गाईघाटमा लुकिछिपी बसेको अवस्थामा गत शुक्रबार पक्राउ गरि सुनसरी ल्याएको डिएसपी फुयालले जानकारी दिए । उनीहरु इटहरीमा ठगी गरि गाइघाट कोठा भाडामा लिएर बस्दैं आएको प्रहरीले जनाएको छ ।
दाहालको नाममा आएको उक्त जग्गा दाहालले बेच्न लागेको सुइको पाए पछि आफु ठगीएको सिटौलाले थाहा पाएका थिए ।  शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।