गायिका सीता केसीको तीज गीत ‘सैं नाच्यो’ सार्वजनिक भएको छ ।
गीतमा गायिका सीतालाई गायक कृष्ण केसीले पनि साथ दिएका छन् । प्रयास मगरको शब्दमा कृष्ण केसीको सङ्गीत रहेको सो गीतमा एरेञ्ज पनि कृष्ण के सीकै रहेको छ । गीतको भिडियोमा गायिका सीता

केसी कलाकार लोमस शर्मा र मिनुज राना मगरको अभिनय देख्न पाइनेछ ।
मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोलाई करण चौरसियाले खिचेका छन् भने सम्पादन प्रवीन भट्टको रहेको छ ।