विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी धरानकी नृत्य कलाकार समिता गिरीले नयाँ मैथिली गीतको भिडियोमा अभिनय गरेकी छन् ।
गायक रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘कलियुग के खेल’ को भिडियोमा समिताले अभिनय गरेकी हुन् । भिडियोमा समितासँगै सरोज यादवले पनि अभिनय गरेका छन् । हालै सार्वजनिक भिडियोको निर्देशन प्रदीपकुमार रसाइलीले र छायाङ्कन दीपक गिरीले गरेका छन् ।