धरान / आज दिउसो चर्को घाम लागिरहेको थियो । एक बजेको समयमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै कर्मचारी चिकित्सकहरु खाना खान जाने गरेका छन् । सोही समयमा प्रतिष्ठानको तेश्रो भवनमुनीतिर रहेको ठूलो सखुवाको रुख अचनाक ढलेको छ । खाना खाने समय भएका कारण भीडभाड कम थियो ।
खाना खाएर प्रतिष्ठान बाल रोग विभागको पिआइसियुमा आफ्नो छोरा भएको स्थानमा जादैं गरेका एक दम्पतिलाई रुखको हाँगाले लगेको छ । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार घाइते हुने जनकपुर वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् ।
प्रतिष्ठानको पिआईसियूमा छोरा कृतिक यादवको उपचार गराईरहेका उनीहरुलाई बाटोमा हिंड्दा हिंड्दै रुख ढलेर किचेको हो । अघिल्लो रात हावा हुरी आए पनि विहीबार रुख ढल्ने समयमा घाम लागिरहेको थियो । हावाहुरी विना अकास्मात रुख ढलेको प्रतिष्ठानका सूचना अधिकृत तामाङले जानकारी दिए ।
रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२.ह. ५५७५ नम्वरको टेम्पोलाई पूर्णरुपले क्षति पुर्याएको छ । प्रतिष्ठान हाताभित्र पुरानो बुढो रुखहरु धेरै भए पनि ती रुख काट्न प्रतिष्ठान प्रशासनले चासो देखाएको छैन् । प्रतिष्ठानका पदाधिकारी कर्मचारी कमिसन आउने कुरालाई ठेक्का लगाउन चासो देखाए पनि पुराना रुख कटान गर्न चासो नदेखाउदा दुर्घटना हुने गरेको प्रतिष्ठानका एक कर्मचारीले बताए । दुई बर्ष अघि पनि प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थीको रुखले किचेर मृत्यु भएको थियो ।
प्रतिष्ठान परिसरमा भएका रुख काट्न वन विभागको अनुमति चाहिन्छ । रुख कटान गरे पछि उक्त रुख वनले नै लाने गर्छ । त्यही भएर प्रतिष्ठान प्रशासनले उनीहरुलाई कमिसन नआउने भएपछि पुराना रुख कटान गर्ने तथा नयाँ विरुवा रोप्ने विषयमा ध्यान नदिने गरेको स्वयं कर्मचारीहरु बताउछन् ।
यता घट्नामा घाइते दुवै जना र विरामी छोराको औषधि उपचार प्रतिष्ठानले निशुल्क गर्ने व्यवस्था मिलाएको अस्पताल निर्देशक डा.गौरीशंकर साहले जानकारी दिए । तस्विरः साैजन्य सुजेन्द्र तामाङ67822860_1363940443759753_2668039615625035776_n 68927600_365679744105552_8535466585551273984_n IMG_20190808_150143 69167690_736059943493109_4870332685614055424_n 68336820_2452741464786477_3968928112288202752_n 67820367_2075030256125258_5892419083973951488_n 68927600_365679744105552_8535466585551273984_n (1)