धरान/ गाईजात्रा पर्वको अवसर पारेर हास्यकलाकारहरूले सातै प्रदेशमा मनोरञ्जन दिने भएका छन् ।

उनीहरू ‘प्रदेश–प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम लिएर प्रदेश–प्रदेशमा पुगी प्रस्तुति दिन लागेका हुन् ।

कार्यक्रममा कलाकारहरू मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डङ्गोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशङ्कर रिजाल, सुबोध गौतम, सन्ध्या बुढा (काउली बूढी), सुमन कार्की, रुविना अधिकारीलगायतको प्रस्तुति रहने बताइएको छ ।

प्रदेश नम्बर १ को विराटनगरमा साउन ३१ बाट शुरु भएर धनगढी हुँदै काठमाडौंसम्म १० दिने यात्रा हुने बताइएको छ ।