रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको सूचना जारी गरेको छ ।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो गरेपछि दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा न्यूनतम पारिश्रमिकसमेत नदिइएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, बिमा नगरेको, विभिन्न बहानामा अन्यत्र काममा लगाउने गरेको भेटिएको थियो ।

मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिँदा नलिएको, पोशाक व्यवस्था नगरेको, बजार जाँदा साउदीको परिचयपत्र तथा राहदानी साथमा लान आफूहरुलाई नदिएको ती महिला कामदारले बताएका थिए ।

साउदीस्थि नेपाली कामदारले रोजगारदाता कम्पनीले समायावधि सकिएको ३ वर्षभन्दा बढी हुँदासम्म नेपाल फर्कन नदिएको गुनासो गरिरहेका छन् । साउदीस्थित नेपाली दूतावासले भने भदौ १ गतेबाट पूर्ववत् मागपत्र प्रमाणीकरणको काम हुने सूचित गरेको छ ।

saudi-notice