सिरहा /  सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनीमा बोलबमको रौनक बढेको छ ।
हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउँने महिना हो साउन । साउन लागेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

3333333
जलाशयबाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक सोमबार बोलबम यात्रा गर्नेहरुको ठूलो भीडले सिरहा जिल्लाको मिर्चैया समेत बोलबममय भएको छ ।

6
सिरहा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिने उत्तरवाहिनी बोलबम यात्रा गर्ने यात्रीहरुको बढ्दो चहलपहलले खास गरेर कर्जन्हा नगरपालिका बन्दीपूर चौकमा कावरियाहरुको भिड बढी देखिन्छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनीमा वर्षे्नि बोलबम कार्यक्रमको आयोजना गरिदै आइएको छ । उत्तरवाहिनी स्थित कमला नदीमा कावरियाहरु स्नान गरी जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन् ।
jjj 6 5 3 (1) 1 (1) 4

mmmmmm