टाउकामा कालो फेटा, कालै कपडा, गलामा रुद्राक्षका माला तर सेतै फुलेका दारी, नाकमा नत्थी, अग्ला कदका, भीमकाय तर वृद्ध, अघोरी भेषमा देखिने यी बाबा काक (काग) बाबा हुन् ।
निधारमा ट्याटु, पाखुरामा ट्याटु ।

ट्याटुमा खोपिएको छ, काकको चित्र अनि पुरुष शिश्न (पुरुष लिङ्ग) । यसभित्रको रहस्य के होला ? हामीले त्यो खोतल्ने त प्रयास गरेनौं । तर काकबाबा आफूलाई शनिदेवको सारथिका रुपमा चिनाउँछन् । जसरी कृष्णको सारथि अर्जुन, शिवको नन्दी र शनिदेवको काग ।

काक बाबा अर्थात् विश्वदेव पोखरेल धरान आसपासमा चिनिएको नाउँ हो । वि. सं. १९९८ माघमा धरान विजयपुरमा जन्मिएका काक बाबा हाल धरान तीनकुनेस्थित शनि मन्दिरका संरक्षणकर्ता (पुजारी) हुन् । स्वर्गीय कृष्ण शाही र काकबाबाको संकल्पमा २०४९ सालमा शनि मन्दिरको स्थापना यही स्थानमा गर्ने निधो भएको थियो ।

नौ ग्रह र शनिशक्तिको स्थापना गरेपछि पूजाआजा हुँदै गएको काक बाबा बताउँछन् । वि.सं. २०५८ सालदेखि निरन्तर शनिमन्दिरको संरक्षकका रूपमा पूजाआजा र भक्तको सेवा गरिरहेको बताउँछन् ।

हिन्दू धर्म, ग्रह विज्ञान र ज्योतिष शास्त्र मान्नेहरुका अनुसार शनि ग्रह दशा नलाग्ने कोही मान्छे यो भूलोकमा हुँदैनन् । हिन्दू धर्मअनुसार शनि शङ्कटा (दशा) लागेपछि यसको निवारण गर्नका लागि शनिलाई खुसी बनाउन पूजाआजा, दानधर्म गर्ने गरिन्छ ।

यही मनोविज्ञानले पनि धरानस्थित शनिमन्दिरमा शनिबारको दिन विशेष भीडभाड रहन्छ । हेरौं शनिबारका दिन तस्बिरभित्र शनिमन्दिर ।

14 13 12

sanimandir1 sanimandir5 sanimandir2 sanimandir4 sanimandir6 sanimandir3 sanimandir7 sanimandir8 sanimandir9 sanimandir10 sanimandir12