केही समयअगाडि नायक सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम चर्चा चलेको थियो । उनीहरू एक–अर्काको प्रेममा रहेको कुराले मिडियामा पनि राम्रो स्थान पाएको थियो । तर, उनीहरूले यो कुरालाई भने स्वीकारेनन् ।

अब भने सिद्धार्थ र कियरा एकसाथ चलचित्रमा देखिने भएका छन् ।
चलचित्र ‘शेर शाह’ मा उनीहरूले एकसाथ काम गर्ने खबर बाहिरिएको छ । निर्माणपक्षले उनीहरूलाई अफर गरेको छ । मौखिक रूपमा सहमति भइसके पनि लिखित सम्झौता भने भएको छैन ।
ग्याङस्टार चलचित्रमा उनीहरूले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् ।

प्रेम चर्चा चलेदेखि नै यो जोडीलाई पर्दामा हेर्न चाहने दर्शक धेरै छन् । यो जोडीले बक्सअफिसमा धमाका पिट्ने धेरैको अनुमान छ । सिद्धार्थ अभिनित नयाँ चलचित्र ‘जबरिया जोडी’ रिलिजको तयारीमा छ ।
यो चलचित्रमा उनले परिणिती चोपडासँग रोमान्स गरेका छन् । त्यस्तै कियाराले हालै ‘गुड न्युज’ को सुटिङ सकेकी छन् ।