धरान  / ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका छन् । भट्टराईलाई बुधबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी छन् ।
मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित रहेको थियो ।
अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम गरिसकेका थिए । युवामाझि निकै लोकप्रियता कमाएका भट्टराई स्वच्छछवि भएका नेता मानिन्छन् ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री स्वयंले यो पद सम्हाल्दै आएका थिए।