पाकिस्तानको सियालकोटमा एउटा हिन्दू मन्दिर खुल्ला हुने भारतीय मिडियामा जोडतोडका साथ चर्चा चलेको थियो । मन्दिरको नाम शवाला तेजा सिंह मन्दिर र हिन्दुस्तानी मिडियामा आएको रिपोर्ट्सका अनुसार सोमबार पूजाअर्चनाका लागि खोलिएको थियो ।

यद्यपि पाकिस्तानी पत्रकारहरुका अनुसार यो मन्दिर यसै मे महिनामा खोलिएको थियो ।

दिवंगत लेखक तथा इतिहासकार राशिद नियाजले लेखेको किताब ‘हिस्ट्री अफ सियालकोट’ का अनुसार यो मन्दिर झण्डै १ हजार वर्ष पुरानो हो ।

mandir-pak1

सन् १९९२ मा बाबरी मस्जिद गिराएपछिव यो मन्दिरमा आक्रमण भएको थियो । यो आंशिक रुपमा क्षतिग्रस्त भएको थियो । पाकिस्तानमा हिन्दू समुदाय सबैभन्दा अल्पसङ्ख्यक समुदायमा पर्छ ।

आधिकारिक तथ्याङ्कका अनुसार त्यहाँ झण्डै ७५ लाख हिन्दू बसोबास गर्छन् । भारत–पाकिस्तान विभाजनपछिको अर्थात् झण्डै ७२ वर्षपछि यो मन्दिर खोलियो ।

भारत पाकिस्तान विभाजनका क्रममा अर्थात् बाबरी मस्जिद गिराएपछि पाकिस्तानमा मन्दिर र हिन्दूहरूका धार्मिक स्थलमाथि निकै असर पुर्याएको थियो । यसैले पनि शवाला तेजा सिंह मन्दिर ७२ वर्षपछि खुल्नुलाई अत्यन्तै महत्वका साथ लिइएको छ ।

बिबिसीले पाकिस्तानको सियालकोटमा ‘जियो न्युज’ का संवाददाता ओमर एजाजव र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफका सांसद् डा. रमेशकुमार वांकवानीसँग कुराकानी गरेका थिए । र, यो मन्दिर खुल्नुको महत्व र यसका विविध आयामबारे कुराकानी गरेका थिए ।

mandir-pak2

पाकिस्तानी पत्रकार ओमर एजाज भन्छन्ः

– भारतीय मिडियाको रिपोर्ट्सविपरीत यो मन्दिर मे महिनामा खुलेको थियो । र, यहाँ पूजा पनि भइरहेको थियो । सियालकोटमा झण्डै १५० हिन्दू परिवार बस्दछन् । उनीहरुको अनुरोधमा यो मन्दिर खोलिएको हो ।

यहाँ बसोबास गर्ने हिन्दू परिवारले मन्दिर खुलाउन निवेदन दिए । यसलाई अस्थायी रुपमा खोल्ने र पूजापाठको व्यवस्था समेत गरायो । मन्दिर खोल्ने स्वयम् जिल्ला प्रशासनका अधिकारी त्यहाँ पुगेका थिए ।

मन्दिर खोलेपछि यसको सरसफाई गरियो । मन्दिरको पुनर्निर्माणका लागि आर्थिक संकलन समेत गरिने घोषणा गरिएको खबर छ ।

यो मन्दिर भारत–पाकिस्तान विभाजनको समयदेखि बन्द अवस्थामा थियो । मन्दिर ७२ वर्षपछि खुलेको हो । एक पाकिस्तानी पत्रकारका रुपमा भनौं भने हामी यहाँ हिन्दू समुदायको तिहार र कार्यक्रमको रिपोर्टिङ गर्छौं । मैले देखेको छु, हिन्दूहरुलाई हरसम्भव सुरक्षा दिने प्रयत्न पनि गरिएको हुन्छ ।

यो मन्दिर कुनै देवी वा देवताको हो । यसबारे मलाई ठ्याक्कै थाहा छैन । तर यो मन्दिरमा पक्कै मूर्ति छन् । मन्दिरका पर्खालमा पनि केही देवी देवताका चित्र बनाइएको छ ।

mandir-pak3

सांसद् रमेश वांकवानी भन्छन्ः
पाकिस्तानमा कैयौं यस्ता मन्दिर र गुरुद्वार छन् जुन आज पनि बन्द अवस्थामा छन् । भारत पाकिस्तान विभाजनपछि जब हिन्दू समुदायका व्यक्तिले पाकिस्तान छाडेर भारत गए तब मन्दिर र गुरुद्वारको हेरचाह गर्ने कोही भएनन् । यस्तो अवस्थामा मन्दिर कमर्सियल कम्प्लेक्स बने भने कुनै प्लाजा ।

पाकिस्तानमा जब ‘इभेक्युई ट्रस्ट प्रोपर्टी बोर्ड’ बन्यो । तब यहाँ ११३० मन्दिर र ५१७ गुरुद्वार थिए । जुन, बोर्डको मातहतमा राखियो ।

आज ती ११३० मन्दिरमा मात्र ३० मन्दिर खोलिएको छ । बाँकी ११०० मन्दिर अहिले पनि बन्द छन् । ५१७ गुरुद्वारमा मात्र १७ गुरुद्वार चलिरहेका छन् । बाँकी ५०० अहिले पनि बन्द छन् ।

hindu mandir banner

एउटा निवेदन परेपछि एउटा मन्दिर ७२ वर्षपछि खुलेको छ यो राम्रो कुरा हो । तर अहिले पनि निकै काम बाँकी छ ।

जहिले पनि मेरो यही प्रयास हुने गरेको छ, पण्डित जवाहरलाल नेहरु र लियाकत अली खानको सम्झौताका अनुसार ‘इभेक्युई ट्रस्ट प्रोपर्टी बोर्ड’ का अध्यक्ष हिन्दू हुनुपर्छ, जसरी भारतमा मस्जिद र इस्लामिक संस्थाका अध्यक्ष मुसलमान हुन्छन् । तर, अफसोसको कुरो अहिलेसम्म पाकिस्तानमा कोही हिन्दू इभेक्युई ट्रस्टका अध्यक्ष बनेका छैनन् ।

मलाई लाग्छ जब कोही हिन्दू ट्रस्टका चेयरपर्सन हुन्छन्, तबमात्र सबै ११३० र ५१७ गुरुद्वार खुल्न सक्छन् । यदि हिन्दू अध्यक्ष बन्नसक्दैनन् भने, सायद कुनै धेरै ठूलो ढिलाइ हुनेछ । प्रत्येक वर्ष एउटाएउटा मन्दिर खुल्ने हो भने ११०० मन्दिर खोलिन कति वर्ष लाग्ला ।

– बिबिसी संवाददाताको रिपोर्टमा आधारित