• म्याक्सिकोमा  सन् २०१३ देखि सन् २०१८ का बीचमा २१६ ट्रान्सजेन्डरलाई मारिएको थियो ।

म्याक्सिकोमा पहिलो पटक ट्रान्सजेन्डरलाई मिस म्याक्सिको ब्युटीको ताज पहिर्याइएको छ । २७ वर्षीया इवान्ना केजारेसले दोस्रो स्थानकी मिस बाजा क्यालिफोर्निया र तेस्रो स्थानकी मिस म्याक्सिको सिटीलाई उछिन्दै ताजमाथि आफ्नो नाम लेखेकी हुन् ।

म्याक्सिको ट्रान्सजेन्डर व्यक्तिका लागि सबैभन्दा खतरनाक देशमध्ये एक हो । एक स्थानीय ‘एलजीबी’ अधिकार समूहका अनुसार सन् २०१३ देखि सन् २०१८ का बीचमा २१६ ट्रान्सजेन्डरलाई मारिएको थियो ।

प्रतियोगितामा सहभागी ट्रान्सजेन्डरले स्थानीय भेषभूषा र शृङ्गार गरेकी थिइन् । उनलाई जलावायु परिवर्तन र मानव अधिकारका विषयमा प्रश्न सोधिएको थियो ।

अबेर रातिसम्म भएको यो कार्यक्रममा २७ वर्षीया इवान्ना केजारेले अन्ततः उपाधि आफ्नो नाममा पारेकी थिइन् । इवान्नाले उपाधि घोषणाका क्रममा आफूले उपाधि पाउने अनुमान नगरेको बताएकी थिइन् । यो जितलाई उनले ट्रान्सजेन्डर समुदायको आवाजका रुपमा हेरेको बताएकी छन् ।

म्याक्सिकोका ट्रान्स महिलालाई सम्मानको भावनाले हेर्नुपर्ने चाहना रहेको बताएकी छन् । इवान्ना ब्युटिसैलुनको मालिकसँगै उनीसँग सञ्चारको डिग्री समेत छ ।

– एजेन्सी