पाकिस्तानको  रावलपिंडीमा मंगलबार राति एक सैन्य विमान खस्दा झण्डै १८ जनाको मृत्यु भएको बताइएको  ।

बिबिसीका अनुसार यो दुर्घटनामा पाँच सैनिक र १३ सर्वसाधारण नागरिकको मृत्यु भएको छ । १२ जना घाइँते भएको बताइएको छ ।

पाकिस्तानी सेनाका जनसम्पर्क अधिकारीका अनुसा आर्मी एभियसनको एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो ।

किङ एयर ३५० विमान राति करिब २ बजे भवनमाथि आएर खसेको थियो ।

यो विमानमा पाइलट लेफ्टिनेन्ट कर्नल साकिब र लेफ्टिनेन्ट कर्नल वसीमसँगै नायब सुबेदार अफजल, हवल्दार इन्बे अमीन र हवल्दार रहमत अली सवार थिए ।

raulpindi2

विमान खस्दा कयौं भवनमा आगो लागेको छ । जिल्ला प्रशासनले पुष्टि गरेअनुसार उक्त क्षेत्रमा भएको दुर्घटनामा सात महिला र एक बच्चासमेत १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि पाकिस्तानी सेना र बचाउ दलको समूहले दुर्घटनास्थलमा उद्धार अभियान शुरु गरेको छ । आगलागी नियन्त्रणमा लिइसकेको छ । दुर्घटनामा घाइते भएकालाई कम्बाइन्ड मिलिट्री अस्पतालमा भर्ना गरिएको छ ।

रावलपिंडीका उप–आयुक्तले मंगलबार बिहान अस्पताल भ्रमण गरेका छन् र अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको मिडियालाई बताएका छन् । यस अघि बचाउ दलका एक सदस्यले बिबिसीसँग कुराकानी गर्दै रावलपिंडी आवासीय कोलोनी बहरिया टाउन फेज ७ को सीमाबाहिर एउटा गाउँमा विमान दुर्घटना भएको जसमा पाँच–छ घर क्षतिग्रस्त भएको बताएका थिए ।

raulpindi3

यो दुर्घटना अघि २० अप्रिल सन् २०१२ मा करातीदेखि इस्लामाबाद गइरुहेको एउटा निजी एयरवलाइनको विमान रावलपिंडीस्थित हुसैनाबाद गाउँनजिक दुर्घटना भएको थियो । यो दुर्घटनामा १२७ जनाको ज्यान गएको थियो ।

सन् २०१० मा एर्को एउटा निजी एयरलाइन एयरब्लू पनि इस्लामाबाद नजिक दुर्घटनाग्रस्त भएको थियो जसमा १५२ जनाको मृत्यु भएको थियो ।

– बीबीसी