बलिउड स्टार संजय दत्तको आज जन्मदिन हो । फ्यानहरुका सन्जु बाबा २९ जुलाई सन् १९५९ को दिन बलिउडकी कुनै समयकी महान अदाकारा नरगिस दत्त र सुनिल दत्तको घरमा भएको थियो ।

संजय दत्तले आफ्नो जन्मदिनको अवसरमा फ्यानलाई विशेष गिफ्ट दिएका छन् । कन्नड एक्टर यश अभिनित फिल्म केजीएम च्याप्टर २ मा अधिराको भूमिकाका कारण सन्जु बाबाको चर्चा थियो अब फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएपछि केजीएफ २ मा संजय दत्त नै अधिराको भूमिकामा रहने निश्चित भएको छ ।

केजीएफको दोस्रो पोस्टर पनि निकै उत्कृष्ट देखिन्छ । पोस्टरमा संजय दत्तले एउटा कपडा बाँधेका छन् जसले उनले आफ्नो अनुहार ढाकेका छन् । संजयको तस्बिरसँगै सन्जय दत्त एज अधिरा लेखिएको छ ।

संजयले आफ्नो लुक्स सेयर गर्दै यस चलचित्रको एउटा अंश बनेर आफू निकै खुसी भएको बताएका छन् ।

यस अघि पनि चलचित्रको एउटा पोस्टर सार्वजनिक गरिएको थियो । जसमा एक व्यक्तिको मुट्ठी पारेको हात देखिएको थियो । उक्त व्यक्तिले हातमा सिंहको डिजाइन भएको औंठी लगाएका थिए । यो पोस्टरपछि यो हात संजय दत्तको नै भएको अनुमान लगाउन सकिन्छ ।

कन्नड एक्टर यश अभिनित फिल्म ‘केजीएफ च्याप्टर १’ ले व्यवसायिक सफलता हात पारेको थियो ।

केजीएफ ७० करोड भारुको लगानीमा बनेको थियो । फिल्ममा हिन्दी भर्जनबाट २ करोड १० लाखको ओपनिङ गरेको थियो । कोलार गोल्ड फिल्ड अर्थात् केजीएफ मा तमन्ना भाटिया र मौनी रोयले आइटम गीत गरेका थिए ।

kgf1

केजीएफ हिन्दीमा १५०० स्क्रिन्समा रिलिज गरेका थिए । कन्नड, तेलुगुमा ४००, तमिलमा १०० र मलयालममा ६० । हिन्दीमा यो फिल्मलाई फरहान अख्तरले प्रोड्युस गरेका थिए । प्रशान्त नील निर्देशित यो चलचित्रमा यशले लीड रोल गरेका थिए ।

सन् १९५१ देखि शुरु भएको यो कथा केजीएफ, अर्थात् कोलार गोल्ड फिल्ड्सको कथा हो । कथा एक महत्वाकांक्षी युवा रकीको हो । उनकी आमाले मर्नुअघि उनीसँग वाचा गरेकी थिइन् । मर्नुअघि उनी संसारकै सबैभन्दा धनी व्यक्ति बनुन् ।

यो चलचित्रमा यशले रकीको भूमिका निर्वाह गरेका थिए । रामचन्द्र राजुले गरुडको भूमिका गरेका थिए । योसँगै श्रीनिधि शेट्टी, वैशिष्टा एन सिम्हा आयुप्पा पी शर्मा र हरीश रोयले मुख्य भूमिका निर्वाह गरेका थिए ।

अब निर्माण हुने दोस्रो पार्टमा यो भूमिका कसले पाउने हो हेर्न बाँकी छ ।

ड्रग्सको सेवन गर्ने लत सामाजिक र मनोवैज्ञानिक समस्या हो, जसले पूरै विश्वका युवालाई प्रभावित गरेको छ । यसको लतका कारण युवाले आफ्नो करियर बिगारिरहेका हुन्छन् । बलिउडमा पनि केही सेलेब्स यसको लतमा थिए । यद्यपि यसबाट उनीहरुले पार पाइसकेका छन् ।

– अमरउजाला