ऋतिक रोशन र मृणाल ठाकुरको चलचित्र ‘सुपर ३०’ को अवधारणालाई फिल्म समीक्षकले मात्र होइन दर्शकले पनि प्रशंसा गरिरहेका छन् । यतिमात्र होइन चलचित्रमा ऋतिक रोशनको अभिनयलाई पनि उनको सबैभन्दा उत्कृष्ट प्रस्तुति बताइँदै आएको छ ।

‘सुपर ३०’ ले पहिलो हप्ता ७५.८५ करोड भारुको कमाइ गरेको छ । दोस्रो हप्ता शुक्रबार फिल्मले ४.५२ करोड, शनिबार ८.५३ करोड र आइतबार ११.६८ करोड कमाइ गरेको थियो । यसबाहेक फिल्मले दोस्रो सोमबार ३.६० करोड र मङ्गलबार ३.३४ करोड कलेक्सन गरेको थियो ।

ऋतिक रोशन अभिनित यो चलचित्र बिहारका आनन्द कुमारको जीवनमा आधारित छ । जसले पिछडिएका बालबालिकालाई निःशुल्क आईआईटीको तयार गराए । यो फिल्मका माध्यमबाट दर्शकलाई आनन्द कुमारका बारेमा मात्र थाहा भएन, उनको जीवनका कथासमेत जान्ने अवसर मिल्यो ।