धरान / सरकारका उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सचिवालय सदस्य इश्वर पोखरेलले पुरानो एमाले र माओवादी केन्द्रविच ‘दुई पार्टी दुई पाटे’ सम्बन्ध रहेको बताएका छन् ।
उनले एउटा मित्रताको सम्बन्ध जसले गर्दा पार्टी एकताको सम्भव भएको बताए । अर्को निषेधको राजनीति भएको बताए । एकता हुनु अघि यि दुई पार्टीको यस्तो सम्बन्ध रहेको बताउदैं मित्रता प्रगाड भएको कारण एकता भएको खुलाए ।
मंगलबार धरान उपमहानगरमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा तीन कारणले एमाले –माओवादीको एकता भएको खुलाए ।
दुई पार्टी एक हुन जनतको चाहना थियो । कार्यकताहरुको दवाव थियो । र तेश्रो राष्ट्रको आवश्यकताका कारण पार्टी एक भएको उनले बताए । एकता नहुदा कसैको पनि बहुमतको सरकार नबन्ने गरेको र सरकार ‘बचाउन’ र सरकार ‘गिराउन’ मात्र खेल हुने तर जनताको सेवा, देशको विकासमा कुनै चासो नहुदा मुलुक पछाडी परेका कारण बहुमतको सरकार बनाई मुलु्कलाई सवृद्ध बनाउन एकता भएको नेता पोखरेलले बताए ।
उनले नेकपाले गर्ने कामबारे पनि बुदाँगत रुपमा कार्यकर्ताहरुलाई स्पष्ट पारेका थिए । उनले भने–‘नेकपाले संविधानको सर्बोच्चताका लागि एक ढिका भएर काम गर्दछ । संविधानको सर्वोच्चता, कानुनी शासन, आवधिक निर्वाचन, जनअनुमोदन, नियन्त्रण र सन्तुलनर, पारदर्शीता, अनुसासनलाई ध्यान दिदैं समाजको बहुलतालाई नेकपाले शिरोधार्य गरेर काम गर्ने छ ।’
उनले फेसबुकमा जताभावी लेखेर पार्टीको बद्नाम गर्नेहरुलाई समेत सचेत गराएका थिए । निर्णय नभएका कुराहरु सार्वजनिक गर्ने, आफु अनुकुल नहुदा फेसवुकमा जताभावी लेखेर जग हसाउने काम असल कार्यकर्ताहरुको चरित्र नभएको भन्दैं सचेत रहन सुझाएका थिए । पार्टीका आन्तरिक विषयमा बसेर छलफल र बहस गर्ने सस्कार नछाड्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्म निरौला, सह–इञ्चार्ज निर्मल बराललगायत प्रदेश कमिटी सदस्इहरु, जिल्ला कमिटिका सदस्यहरु नगर कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । 

नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । पोखरेलले यस अघि धरान उपमहानगरपालिकाले प्रकाशन गरेको ‘स्व. तारा सुब्वा स्मृति ग्रन्थ’को लोकार्पण कार्यक्रममा सहभागी भएका थिए ।