धरान / प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले युवालाई नैतिकवान बनाउन ‘म अघि बढ्छु’ कार्यक्रम भोलि असार ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
दुव्र्यसनीमुक्त समाज, अपराध नियन्त्रण, विपद् व्यवस्थापनमा स्वयंसेवक तयार गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागेको मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका १४ जिल्लामा युवालाई चरित्रवान एवं नैतिकवान बनाउन सगरमाथा टिन्स क्लबमार्फत असार ३१ देखि ‘म अघि बढ्छु’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उनका अनुसार अभियानबाट कक्षा ९ देखि १२ तथा १३ देखि १९ वर्ष उमेर समूहका सामुदायिक तथा निजी दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव भरतमणि रिजालले अभियान सञ्चालनका लागि दुई करोड ५० लाख बजेट छुट्याएको बताए । प्रदेश नं १ मा ११ प्रतिशत युवा दुव्र्यसनी कुलतमा लागेको बताइएको छ