काठमाडाै‌  / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व पदाधिकारीसहित ८ जना भ्रष्टचार गरेको अख्तियारमा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटो रम दिएर उपकुलपति बनेका पूर्व उपकुलपति प्राडा वीपी दास, रजिष्टार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक अरविन्दकुमार सिंहालगायत ८ जना विरुद्ध सोमबार आयोगले आरोप पत्र दायर गरेको हो ।
विभिन्न मितिमा वस्तु तथा सेवा खरीदबारे छानबिन तथा अनुसन्धानबाट विभिन्न उपकरण तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत वदनियतपुर्वक गैरकानुनीरुपमा आर्थिक लाभ लिएर सप्लायर्स तथा आफुलाई फाइदा पुर्याएको र प्रतिष्ठानलाई हानी नोक्सानी गरेको दावीसहित मुद्धा दायर गरिएको छ ।

समेत रजिष्टार रहेका श्रेष्ठ तथा पूर्ज रजिष्टार नन्दबहादुर थापा, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव विरुद्ध पनि अख्तियारले आरोप पत्र दायर गरेको छ । विगोसहित माग दावी गरिएको छ । , उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा लि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि अख्तियारले आरोपत्र दायर गरेको छ । उनीहरुमार्फत प्रतिष्ठानलाई नोक्सन हुने गरि तीन पदाधिकारी लेखा प्रमुखको मिलेमतोमा अनियमिता गरेको पाइएको प्रवक्ता कोइरालाले बताए ।


यस्तो छ आरोप पत्र

Commission for the Investigation of Abuse of Authority -CIAA
प्रेस विज्ञप्ति:- मिति २०७६।०३।३० गते

--------------------------------------------- 
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास) समेत ८ जना उपर आरोप-पत्र दायर गरिएको ।
---------------------------------------
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिदेखि अन्य नेतृत्व तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भएको समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद सम्बन्धमा गरिएको छानविन तथा अनुसन्धानबाट विभिन्न उपकरण (वस्तु) तथा सेवा खरिदको प्रकृयामा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत बदनियतपूर्वक गैरकानूनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु-याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका प्रतिष्ठानका पदाधिकारी र सप्लायर समेत ८ (आठ) जना उपर आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र सम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा संझौता गरी भुक्तानी समेत दिई तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास) ले जम्मा रु.४,०८,९८,०१९।७१ (चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले रु.३,७५,३०,६१९।७१ (अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन रजिष्टार नन्दकुमार थापाले रु.१,९६,०९,८८०/- (अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी) र रजिष्टार तुलबहादुर श्रेष्ठले रु.५६,७७,४०५/- (अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच) अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको देखिंदा निज प्रतिवादी बलभद्र प्रसाद दास (विपि दास) लाई बिगो रु.४,०८,९८,०१९।७१ (अक्षरुपी चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हालाई बिगो रु. ३,७५,३०,६१९।७१ (अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई बिगो रु. १,९६,०९,८८०/- (अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी) र रजिष्टार तुलबहादुर श्रेष्ठलाई बिगो रू.५६,७७,४०५/- (अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउनका साथै निज प्रतिवादीहरूको हकमा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकोले सो दफा २४ अनुसार थप सजाय समेतको मागदावी लिइएको।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख दिनेश राज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा विभिन्न सामानहरूको बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत भएको र सो खरिद प्रक्रियाको मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी भै नियम विपरीत खरिद प्रक्रिया अपनाई भुक्तानीका लागि पेश भएको अवस्थामा लेखा प्रमुखको हैसियतले आफ्नो राय नबझाई मिलोमतो गरी भुक्तानी समेत गरी निज लेखा प्रमुख दिनेश राज दाहालले जम्मा रु.२,३४,८१,८१९।७१ –(दुई करोड चौतीस लाख एकासी हजार आठ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा) र डेपुटी मेनेजर अमित श्रीवास्तवले रु.१,७४,१६,२००/- (अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय) अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको देखिदा निज प्रतिवादी दिनेश राज दाहाललाई बिगो रू.२,३४,८१,८१९।७१ (दुई करोड चौतीस लाख एकासी हजार आठसय उन्नाइस रुपैयाँ एकहत्तर पैसा) र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई बिगो रु.१,७४,१६,२००/- (अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय) कायम गरी निजहरूलाई ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउन समेतको मागदावी लिइएको ।

उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि./वायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालले विभिन्न सामानहरू आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी खरिद संझौता गरी भुक्तानी लिई चेतन अग्रवालले जम्मा रु.१,०४,१६,७९७/- (एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे) र उमेश अग्रवालले रु.६०,३६,३४३/-(अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस) हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अन्तर्गतको कसुर गरेको स-प्रमाण पुष्टि भएको देखिंदा चेतन अग्रवाललाई बिगो रू.१,०४,१६,७९७/-(एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे) र उमेश अग्रवाललाई बिगो रु.६०,३६,३४३/-(अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस) कायम गरी निजहरूलाई ऐ ऐनको सोही दफा ८ को उपदफा (४) बमोजिम जरिवाना तथा सजाय गरी निजहरूले हिनामिना गरेको विगो समेत असुल गरी पाउन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता