इनरुवा / सप्तकोशी नदीमा पानीको स्तर बढ्दो क्रममा रहँदा खोलिएका ब्योरजका ढोकाका कारण कोशीको पानीले भारतीय भूमि डुबानमा पर्ने खतरा बढेको भन्दै भारतीय पक्षले ब्यारेजको ढोका खोल्न आनाकानी गरेको े बुझिएको छ ।

कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ ।

यद्यपी सो विषयमा ब्यारेज स्थित कन्ट्रोल रुमले केही बताउन चाहेको छैन् । नेपाल तर्फका सुरक्षा निकायले भने ब्यारेज कन्ट्रोललाई ढोका नखोल्न निर्देशन दिएको बुझिन आएको बताएका हुन् ।
नेपाली सुरक्षा स्रोतका अनुसार कोशीमा पानी बढ्ने क्रमसँगै ४० ढोका खोलिँदा बिहार क्षेत्रका धेरै स्थानमा नदीको पानी पसेको कारण देखाउँदै भारतीय पक्षले ढोका बन्द गर्न भनेको हो ।
सुनसरी स्थित कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ ।
कोशीमा पानी बढ्ने क्रम जारी रहेको अवस्थामा ब्यारेजका ढोका नखोलिए नेपाली भूभाग तर्फ खतरा बढ्न सक्ने सम्भावना रहन्छ ।
सप्तकोशी नदीमा शनिबार राती ८ बजेको मापन अनुसार पानीको बहाव बहाव ३ लाख ४७ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड पुगेको छ । यो वहाव यस वर्षकै उच्च हो । बहाव बढेसँगै ब्यारेजका ४१ ढोका खोलिएको प्रहरीले जनाएको छ ।