धनकुटा / धनकुटामा चार दिन देखिकोलगतारको वर्षाका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षाका कारण एक विद्यालय, सर्वसाधरणको घर र विभिन्न ग्रामिण सडकहरुमा क्षति पुगेको छ । अविरल वर्षाका कारण धनकुटाको सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदाँ पठनपाठन अवरुद्ध भएको छ । सुरुमा विद्यालय नजिकै रहेको पर्खालमा पहिरो गएको र त्यसपछि कक्षा कोठा भत्किएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र तेले राईले जानकारी दिए । पहिरोका कारण विद्यालयका अन्य कक्षा कोठाको भित्ता पनि चर्केका कारण हुन सक्ने क्षतिलाई मध्य नजर गर्दै विद्यालय केही दिनको लागी बन्द गरिएको राईले बताए । विद्यालयमा वालविकासदेखि कक्षा ३ सम्म २८ जना विद्यार्थी अध्ययनरत रहेको राईले बताएका छन् ।
वर्षाको कारण धनकुटा नगरपालिका वडा नं.७ चुलिवन स्थित् टिका लक्ष्मी रम्तेलको १ तले पक्कि घर पहिरो कारण जोखिममा परेको छ । पहिरोको कारण उनको पक्कि घर जोखिममा परेको छ । पहिरोको कारण घर जोखिममा परेपछि जिल्ला प्रहरी कार्यालय धनकुटा र शसस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्मका उद्धारटोलीले त्रिपाल लगाएर पानी कटाउनुको साथै पहिरोवाट जोगाउन सहयोग गरेका थिए । त्यसैगरी धनकुटा–७ मदनचोक नजिकै वर्षाको कारण ३ वटा टाँकीको रुख ढल्ने खतरा वढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ढल्न लागेको रुखलाई तत्काल हटाएका थिए ।
त्यसैगरी उता पाख्रीवास नगरपालिका वडा नं.५ लेकाली टोलमा युवराज कार्कीको घर माथिवाट आएको पहिरोले पुरेको वडा सचिव श्याम देउजाले वताए । त्यसैगरी वडा नं.५ का वडाध्यक्ष गोपालराज थापाको वन्दै गरेको घर पनि पहिरोले पुरेको देउजाले वताए । उता वडा नं.५ कै दियालेमा चक्र निरौलाको घर पनि पहिरोले पुरेको वडा सचिव देउजाले वताएका छन् ।
जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.६ आन्द्रुङ्गमा भमिवहादुर श्रेष्ठ, चण्डीका श्रेष्ठ, चेतनारायण श्रेष्ठ र वडा नं.३ डाँडा गाउँमा रामजी भुजेलको घरमा पहिरोले पूर्ण रुपमा क्षति पु¥याएको नगर प्रमुख परशुराम नेपालले वताए । उनीहरुको घर पूर्ण रुपमा क्षति पुगेको स्थानिय विष्णु दाहालले वताए । चारै घरका परिवार छिमेकीको घरमा शरण लिएको दाहालले वताए । जिल्ला रेडक्रसले श्रेष्ठ परिवारलाई भने शुक्रवार नै त्रिपाल वितरण गरेको जनाएको छ । त्यसैगरी चौविसे गाउँपालिका वडा नं.५ वोधेमा नगेन्द्र देवानको घर पहिरोको कारण ढल्न लागेकाले त्रिपाल प्रदान गरिएको जिल्ला रेडक्रसका मन्त्री हरी राईले वताए । राईले साँगुरीगढी गाउँपालिका वडा नं.९ आहालेमा पनि जंगवहादुर राईको घर पहिरोले जोखिममा परेको वताएका छन । राईले ति वाहेक अन्य विपत्ति धनकुटामा आई नलागेको समेत स्पष्ट पार्दै प्राकृतिक विपत्तिको सामना गर्न जिल्ला रेडक्रस आवश्याक उद्धार सामाग्री सहित तयारी अवस्थामा रहेको वताएका छन् ।
यस्तैगरी लगातारको वर्षाले धनकुटा जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडक वर्षाको कारण अवरुद्ध भएका छन । वर्षाले सडकमा पहिरो झरेका कारण सडक अवरुद्ध भएका हुन । जिल्लाको मुलघाट–त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा–लेगुवा सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिएका छन् । मुलघाट–त्रिवेणी सडक र तमोर करिडोर सडकमा ठाउँ ठाउँमा पहिरो झरेकाले र सिधुवा–लेगुवा सडकमा पर्ने माङमाया खोलामा आएको बाढीले सडकमा लगाएको पुल बगाएपछि सडक अवरुद्ध भएको एसपी कोइरालाले जानकारी दिएका छन् ।
सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई सास्ती भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या हुनुको साथै लगतारको वर्षाले कच्ची सडकभरी हिल्याम्मे भएकाले सवारी साधन आवाज जावतमा समश्या उत्पन्न भएको छ । अधिकांश घट्ना विहिवार राती र शुक्रवार विहान भएको वताइएको छ ।