सिरहा । सिरहा सहितःप्रदेश नं.२ मा बर्षाका कारण अधिकांश जिल्लाहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेरको छ ।
विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी जमेको कारणले गर्दा समस्या देखिएको छ । मिर्चैया नगरपालिकाको विभिन्न चौकहरुमा पानी जमेको कारणले सर्वसाधारणहरुलाई आवतजावतमा समेत समस्या देखिएको छ । सामान्य वर्षाले नै सिरहाको मिर्चैया नगरपालिकामा जलमग्न बनेको छ ।

2

पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा पानी जमेको सर्वसाधारण प्रदिप साहले जानकारी दिए । उनका अनुसार पानी जमेपछि आवतजावत गर्न कठिनाइ भइरहेको छ । नगरपालिकाले उचित नलाको व्यवस्थापन नभएको कारण पानि जमेको छ । नगरपालिकाको लापरबाहीले बजार क्षेत्रमै पानी जम्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

4 1

तर आजको दीनमा यी हुलाकी राजमार्ग हिलैहिलो भएका कारण आवतजावत गर्न अवरुद्ध भएको कारण लाखै सर्वसधारण सास्ती भोगेका छन । लगातार तीन दिनदेखि परेको पानीले सडकमा प्रयोग गरिएको चिप्लो माटो हिलाम्य हुँदा हिँडन नसकिने अवस्थामा पुगेको हो । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको सिरहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका,भगवानपुर गाउँपालिका, विभिन्न स्थानमा हिलोले बाटो चिप्लो भए पछि आवतजावत नै अवरुद्ध भएको हो ।

6 1

मोटरसाइकल, साइकल ती सडक खण्डमा हिलोमा चिप्लेर आधा दर्जन भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानियले बताउनुभयो । निर्माण कम्पनीले वर्षा अगाडि लामो समयदेखि माटो हालेर थप काम नगर्दा सामान्य वर्षामा बाटोमा हिड्न सकिने अवस्था छैन, स्थानीयले भन्नुभयो, निमार्ण कम्पनीले आधा भाग ग्राभेल र आधा भाग माटोको काम गरेको भए यस्तो अवस्था हुदैन्थ्यो । माटो हालेको चार/पाँच महिना भयो, त्यसपछि थप काम गरेनन् ।

2 1

तराई–मधेश विकासको मेरुदण्डको रुपमा बहुचर्चित हुलाकी सडकको स्तरोन्नती र पुल निर्माण कार्य कछुवा गतिमा चलिरहेको छ । वर्षाको प्रभावलाई मध्यनजर नगरी बाटो नै अवरुद्ध हुने गरी निर्माण कम्पनीले काम गर्दा बाटो अवरुद्ध भएको स्थानियको गुनासो छन । तराई–मधेशको कृषि उत्पादनलाई बजारीकरण, विद्यालयसम्मको सहज पहँँुच, स्वास्थ्य सेवा लगायत सबै क्षेत्रको विकासको आधार हुलाकी राजमार्ग भएका कारण स्तरोन्नती र पुल निर्माण कार्य भइरहेको छ ।

 

5 1