इनरुवा । राष्ट्र गानका रचयिता ब्याकुल माइलालाई इनरुवामा नागरिक अभिनन्दन गरिएको छ ।
हाम्रो सञ्जाल इनरुवाले प्रदीपकुमार राई (ब्याकुल माइला) लाई एक विशेष कार्यक्रमका बीच अभिनन्दन गरेको हो । ओखलढुङ्गाको मानेभञज्याङ हिलेपानीमा जन्मिएका माइला प्रदेश एकको गहना भएको भन्दै इनरुवामा नागरिकस्तरबाट पहिलो पटक अभिनन्दन गरिएको छ ।

ब्याकुल माइलालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, राखेप सदस्य शम्भु आचार्यलगायतले अभिनन्दित गरे । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सितोष पोखरेल संस्थाका पदाधिकारीहरू झलक खड्का, दीपक कार्की, सरिता घिमिरेलगायत उपस्थित थिए ।

कार्यक्रममा प्रा.डा. बद्रीबिशाल पोखरेल, बलराम पोखरेल, साहित्यकारहरू सागर तिम्सिना, लीलानाथ सिलवाल, छविनाथ रिजालसहित शिक्षासेवी खेमराज पोखरेल लगायत उपस्थित थिए । अभिनन्दन कार्यक्रममा गायककारहरू कुमार पौडेल र आशा लामाले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।