भाण्टावारी / लगातार बर्षाका कारण पूर्वी पहाडमा परेको पानीले सप्तकोशीको वहाव बढेर गएको छ ।
कोशी व्यारेजमा आज विहान ६ बजेको मापन अनुसार १ लाख ७४ हजार ७ सय २० क्याुसेक पानी मापन भएको छ । सशस्त्र प्रहरी वल भण्टावारकिा इन्स्पेक्टर सुरेन्द्र भण्डारीका अनुसार हिजो राती ७ बजे १ लाख ६४ हजार क्युसेकपानीको दवाव थियो । पानीको बहाव निरन्तर बढि रहेको छ । एक लाख ५० हजार क्युसेकभन्दा माथि पानीको बहाव पुगे पछि कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले
रातो बत्तीबालेर झण्डा राख्ने गरेको छ । ५५ वटा ढोका मध्य २२ वटा ढोका खोलिएको छ । ढोका नखोल्दा बाँध भत्किएर नेपाललाई खतरा हुने गरेको छ । तार ढोका खोल्दा भारतको विहार जनमग्न हुन्छ । नदीमा धेरै पानी हुनु भनेको खतराको सूचक हो ।