बिर्तामोड / झापाको गौरादहमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ६ बर्षीय बालकको मृत्यु भएको छ ।
गौरादह नगरपालिका–८ थापाचोकमा रहेको मामा घरमा बस्दै आएका ६ बर्षीय बालक रोसन महतोको मृत्यु भएको हो । मोरङको रतुवामाई नगरपालिका–१ घर भएका बालक महतोको मामा घरमा आएको बेला मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।