धरान / विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्दीय समितिको अध्यक्षमा सुरेन्द्र लिम्बू परदेशीलाई सर्वसम्मतले चयन गरेको छ ।

परदेशी हाल उनी भारतमा कार्यरत छन् । बुधबार गठित समितिको बरिष्ठ उपाध्यक्षमा डा. लेखनाथ काफ्ले (ताइवान) रहेका छन् । उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका), उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरे (इजरायल), महासचिव केदार सङ्केत (अफगानिस्तान), सचिव सुनिता राई कन्दङवा (इजरायल), आर्थिक सचिव खगेन्द्र अधिकारी (नेपाल), सङ्गठन सचिव हरि सिवाकोटी (क्यानडा), साहित्य सञ्चार संयोजक रमेश कँडेल (नेपाल) रहेका छन् ।

यसैगरी सदस्यहरूमा विजय हितान (युके), राहुल राई बोगिको (मणिपुर), लक्ष्मण न्यौपाने (म्यान्मा), आरएल श्रमजिवी (वेल्जियम), मोहनराज खनाल (बर्मा), कल्पना पौडेल (नेपाल), दिलिप राई सगर (मलेसिया), अमित चाम्लिङ (कुवेत), लालबहादुर थापा ‘बगाले क्षेत्री’ (साउदी), केबि पौडेल (नेपाल), नवराज पोख्रेल (रोमानिया), ममता तामाङ (भुटान÷अमेरिका), भुवन रोका (जापान) रहेका छन् ।

कृष्णप्रकाश श्रेष्ठ (रसिया) संयोजक, डा. मधु माधुर्य (अमेरिका) सदस्य र विश्वासदीप तिगेला (ब्रुनई) सदस्य रहेको निर्वाचन समितिले परदेशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संस्थामा अदाउँदो तारा साहित्य समाज, पेनाङ मलेसिया, अनलाइन नेपाली साहित्य मञ्च, ब्रुनइ÷वेलायत, नेपाली साहित्य प्रतिष्ठान, हङकङ, सर्वदा वाङ्मय साहित्य प्रतिष्ठान, युएई र प्रवासी नेपाली साहित्य समाज, वेलायत÷ब्रुनईलगायतका साहित्यिक संस्था आवद्ध छन् ।

संस्थाको सल्लाहकारमा कृष्णप्रकाश श्रेष्ठ रसिया, प्रा.डा. भीम खतिवडा (नेपाल), प्रा.डा. कविता लामा (सिक्किम), डा. मधु माधुर्य (अमेरिका), विश्वासदीप तिगेला (ब्रुनई), सागर श्रेष्ठ नेपाल रहेका छन् । नवनिर्वाचित समितिलाई असार २९ गते भानु जयन्तीको अवसर पारेर पद तथा गोपिनियताको सपथ ग्रहण गराइने भएको निर्वाचन समितिका संयोजक कृष्णप्रकाश श्रेष्ठ (रसिया) ले जानकारी दिए ।

federation-of-world-nepali